००:००:००
ट्रेन्डिङ
समाचार

एचपीभी खोप अभियानको दोस्रो दिन दरबार हाई स्कुलका बालिकाहरूलाई लगाइयो खोप

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ फेब्रुअरी ११
29
एचपीभी खोप अभियानको दोस्रो दिन दरबार हाई स्कुलका बालिकाहरूलाई लगाइयो खोप
सारांश

काठमाडौं । दरबार हाई स्कुलका बालिकाहरूलाई एचपिभि ९ह्युमन प्यापिलोमा भाइरस० विरुद्धको खोप लगाइएको छ ।

पाठेघरको मुखको क्यान्सरबाट जोगिन सहयोग ग...

काठमाडौं । दरबार हाई स्कुलका बालिकाहरूलाई एचपिभि ९ह्युमन प्यापिलोमा भाइरस० विरुद्धको खोप लगाइएको छ ।

पाठेघरको मुखको क्यान्सरबाट जोगिन सहयोग गर्ने यस खोप अभियान अन्तर्गत छात्राहरूलाई स्वास्थ्यकर्मीको उपस्थितिमा खोप प्रदान गरिएको हो ।

हिजो मंगलबारदेखि काठमाडौं महानगरपालिकाले विद्यालयमा अध्ययनरत छात्राहरुलाई ९एचपीभी० विरुद्धको खोप लगाउने अभियान सुरु गरेको हो ।

मंगलबार पद्यमकन्या विद्याश्रम मा।वि। डिल्लीबजारबाट काठमाडौं महानगरपालिका स्वास्थ्य विभागले विद्यालयमा अध्ययनरत छात्राहरुलाई केन्द्रित नियमित एचपीभी खोप लगाउने अभियानको उद्घाटन गरेको थियो । यो अभियान फागुन ६ गतेसम्म सञ्चालन हुने छ ।

पाठेघरको मुखमा हुने क्यान्सरमध्ये ९५ प्रतिशतभन्दा बढी क्यान्सर एचपीभी भाइरसका कारणले हुन्छ । एचपीभीका २०० भन्दा बढी किसिमका प्रजाति छन् ।

चिकित्सकका अनुसार यसमध्ये कम्तीमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारक हुन् । नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपीभीको प्रजाति १६ र १८ बाट भएको पाइएको छ ।

समय समयमा स्क्रिनिङ परीक्षण गर्ने र १० देखि १४ वर्ष उमेरका किशोरीलाई एचपीभी खोप लगाउने गर्दा पाठेघरको मुखमा हुने क्यान्सरबाट बच्न सकिन्छ ।

Article image
Article image
Article image
Article image
साझा गर्नुहोस्:

सम्बन्धित समाचार