००:००:००
ट्रेन्डिङ
समाचार

डोटीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

योगेन्द्र नगरकोटी
1 घण्टा अगाडि
57
डोटीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
सारांश
मृतक दुवैको शव र दुर्घटनाग्रस्त जिपसँगै सडकबाट करिब ९०० मिटर तल सायली गाडमा खसेको छ ।

काठमाडौं । डोटीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

आदर्श गाउँपालिका ६ रौसेल्लामा भएको दुर्घटनामा परी आदर्श गाउँपालिका ३ काँडीस्याउलेका सुबोध रोकाया र १९ वर्षीय कैलाश बिकको मृत्यु भएको हो । दुर्घटना राति करिब रााढे १२ बजे भएको हो । प्रहरीका अनुसार उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

गिरिचौकाबाट काँडीस्याउलेतर्फ आउँदै गरेको सु।प।प्र। ०१ ००१ च ३९२३ नं। को बोलेरो जिप घुम्तीबाट खसेको जिल्ला प्रहरी कार्यालय, डोटीले जानकारी दिएको छ ।

मृतक दुवैको शव र दुर्घटनाग्रस्त जिपसँगै सडकबाट करिब ९०० मिटर तल सायली गाडमा खसेको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार