काठमाडौं । नयाँ वर्ष २०८३ सालको अवसरमा काठमाडौं नजिकै रहेको धार्मिक तथा पर्यटकीय गन्तव्य चम्पादेवी बैशाख १ गते मेला जारी रहेको छ। नयाँ वर्षको दिन चम्पादेवीमा दर्शन गर्नाले मनोकामना पूरा हुने धार्मिक विश्वासका कारण यहाँ हरेक वर्ष ठूलो मेला लाग्ने गर्दछ।
हरेक वर्षझैं बिहानैदेखि भक्तजनहरू चम्पादेवी उक्लिए पनि यस वर्ष अघिल्ला वर्षको तुलनामा भीड केही कम देखिएको स्थानीयले बताएका छन्। विशेषगरी चम्पदेवी मन्दिरमा पूजा–आराधना गर्न भक्तजनहरूको उपस्थिती रहे पनि विगतजस्तो अत्यधिक भीड भने नदेखिएको हो।
चम्पादेवी क्षेत्रमा विशेषगरी खोकनादेखि पानी खुवाउन आउने परम्परा रहको छ। समुद्री सतहबाट करिब २,२८५ मिटर उचाइमा रहेको चम्पादेवी धार्मिक आस्थासँगै हाइकिङ गन्तव्यका रूपमा पनि परिचित छ। टौदह, खहरे,बोसन हुदै चम्पदेवी पाउ हुदै जानेहरु छन् भने फर्पिङ्ग हातिवन क्षेत्रबाट पदयात्रा गर्दै जानेहरूको आवागमन दिनभर जारी रहेको छ।
तस्वीर : योगेन्द्र नगरकोटी








