००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

चलचित्र ‘मालती मंगले’ को टाइटल गीत आज सार्वजनिक हुँदै

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ मार्च १८
27
चलचित्र ‘मालती मंगले’ को टाइटल गीत आज सार्वजनिक हुँदै
सारांश
नेपाली कथानक चलचित्र ‘मालती मंगले’ को टाइटल गीत सार्वजनिक हुने भएको छ । यो गीत आज (बुधबार) दिउँसो ३ बजे ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ ।

काठमाडौं । नेपाली कथानक चलचित्र ‘मालती मंगले’ को टाइटल गीत सार्वजनिक हुने भएको छ । यो गीत आज (बुधबार) दिउँसो ३ बजे ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ ।

अभिनेत्री वर्षा राउत तथा अभिनेता विजय बराललाई फिचर्ड गरिएको यो गीतमा प्रख्यात गायक रामकृष्ण ढकाल र गायिका रचना रिमालको स्वर रहेको छ ।

यस गीतमा शब्द आनन्द अधिकारीले लेखेका हुन् भने संगीत उज्ज्वल सागरले दिएका छन् ।

चलचित्रका कार्यकारी निर्माता सागर ज्ञवाली रहेका छन् भने कथा तथा निर्देशन प्रकु पाण्डेयले गरेका हुन् । यसैगरी, सह–निर्मातामा बाबु सुवेदी, रबिन श्रेष्ठ, बेदना कर्मचार्य, पद्मावती गुरुङ र स्वीकृति बस्नेत रहेका छन् ।

‘मालती मंगले’ आगामी वैशाख २५ गते देशभरका सिनेमा हलमा प्रदर्शनमा आउने तयारीमा रहेको छ

चलचित्रमा विजय बराल, वर्षा राउत र मेक्सम गौडेल मुख्य भूमिकामा देखिएका छन् । उनीहरूका साथै चलचित्रमा प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पङ्गेनी, सुस्मिता गुरुङ र सागर भट्टराईलगायतका कलाकारहरूको अभिनय रहेको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार