००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

चलचित्र ‘आइ एम जीत बहादुर’ को ट्रेलर सार्वजनिक

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ मे ३०
48
1.4K
चलचित्र ‘आइ एम जीत बहादुर’ को ट्रेलर सार्वजनिक
सारांश
अभिनेता जितु नेपालको निर्माणमा बनेको चलचित्र ‘आइ एम जीत बहादुर’ को ट्रेलर सार्वजनिक गरिएको छ।

काठमाडौं । अभिनेता जितु नेपालको निर्माणमा बनेको चलचित्र ‘आइ एम जीत बहादुर’ को ट्रेलर सार्वजनिक गरिएको छ।

शुक्रबार काठमाडौंको नयाँ बानेश्वरस्थित आइएनआई सिनेमाजमा आयोजित एक समारोहकाबीच उक्त ट्रेलर सार्वजनिक गरिएको हो ।

आगामी असार ५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको ट्रेलर ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

सार्वजनिक ट्रेलरले गाउँबाट शहर आएर कलाकार बन्न संघर्ष गर्ने एक युवाको कथा प्रस्तुत गरेको छ ।

भारतीय बंगाली निर्देशक सुभेन्दु घोषको निर्देशनमा तयार भएको फिल्ममा जितु नेपाल मुख्य भूमिकामा छन् भने उनकी जोडीको रूपमा वर्षा राउत देखिएकी छन् ।

चलचित्रमा प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल,पवन खतिवडा’बाबा’,निरज नेपाल,अन्सु महर्जन लगायत कलाकारहरूको अभिनय रहेको छ।

यस फिल्मका कार्यकारी निर्माता निश्चल कुँवर र निरज नेपाल हुन् भने राजन सिंखडा तथा दीपेन्द्र अधिकारी सह–निर्माताका रूपमा रहेका छन्।

I AM JIT BAHADUR || Movie TRAILER 2026 || Jitu Nepal, Barsha Raut, Priyanka Karki, Suuveendu Ghosh
साझा गर्नुहोस्:

सम्बन्धित समाचार