००:००:००
ट्रेन्डिङ
समाचार

चालु आवमा बजेट खर्च १५ खर्ब १५ अर्बमै सीमित हुने सरकारको अनुमान

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ फेब्रुअरी १०
38
चालु आवमा बजेट खर्च १५ खर्ब १५ अर्बमै सीमित हुने सरकारको अनुमान
सारांश

काठमाडौँ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२\८३ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेको छ ।
मंगलबार मन्त्रालयमा पत्रकार स...

काठमाडौँ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२\८३ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेको छ ।
मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजनागरी चालु आर्थिक वर्ष २०८२÷८३ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गरिएको हो ।
सरकारले चालु आर्थिक वर्षका लागि विनियोजित बजेट पूर्ण रुपमा खर्च गर्न नसकिने भन्दै खर्चको लक्ष्य घटाएको छ ।
अर्थमन्त्री रामेश्वर खनालले चालु आवमा १५ खर्ब १५ अर्ब ३७ करोड रुपैयाँ हाराहारी मात्र बजेट खर्च हुने अनुमान रहेको जानकारी दिए ।
चालु आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको अनुमानि बजेट ल्याएको थियो ।
उनले भने,‘ बजेट कार्यान्वयनको सन्दर्भमा विनियोजित १९ खर्ब ६४ अर्ब रुपैयाँ नै खर्चको लक्ष्य भए पनि निर्वाचन खर्च जुटाउनुपर्ने र अरु प्राविधिक कारणले खर्चको स्रोत अपुग हुने भएकाले खर्च कम गर्न खोजिएको हो । अहिले नेपाल सरकारको सञ्चित कोषमा हाल कोषमा १ खर्ब ३० अर्ब मात्र नगद सञ्चित छ । यसले गर्दा पनि बजेटमा केही नियन्त्रण गर्नुपर्ने छ ।’
त्यस्तै उनले चालु वर्षको लागि अनुमान गरिएको पुँजीगत खर्च करिब २१ प्रतिशत न्युन हुुने अनुमान रहेको पनि जानकारी दिए ।
त्यस्तै उच्च दरले बढेर १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ ।
हाल मुलुकसँग २२ अर्ब ४७ करोड अमेरिकी डलर बराबरको विदेशी विनिमय सञ्चिति रहेको छ । त्यस्तै, देशबाट बाहिरिने भन्दा भित्रिने रकम बढी हुँदा शोधनान्तर स्थिति ५ खर्ब १ अर्ब २४ करोड रुपैयाँले बचतमा रहेको छ ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा औसत उपभोक्ता मुद्रास्फीति (महँगी) घटेर १.७ प्रतिशतमा सीमित भएको छ ।
निक्षेपको औसत ब्याजदर पनि ३.५६ प्रतिशतमा झरेको छ भने अन्तर बैंक ब्याजदर २.७५ प्रतिशतमा सीमित छ ।
यसैगरी ,विश्व अर्थतन्त्र ३.३ प्रतिशत र छिमेकी भारत ७.३ तथा चीन ५ प्रतिशतले बढ्ने प्रक्षेपण छ । आर्थिक वर्षको पहिलो त्रैमासिकमा नेपालको आर्थिक वृद्धिदर ३.० प्रतिशत रहने प्रारम्भिक अनुमान मन्त्रालयको रहेको छ ।
नेप्से सूचकांक २६४१.४४ बिन्दुमा कायम भएको छ भने कुल बजार पुँजीकरण ४४ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ ।
त्यसैगरी,बैंकिङ क्षेत्रतर्फ निजी क्षेत्रमा जाने कर्जा ६.७ प्रतिशतले बढेर झन्डै ५७ खर्ब पुगेको छ भने निक्षेप संकलन ५.७ प्रतिशतले बढेर ७६ खर्ब ८१ अर्ब रुपैयाँ नाघेको छ ।


Article image
साझा गर्नुहोस्:

सम्बन्धित समाचार