००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

चैतमा नवौं निफ , ४० देशका ८८ चलचित्र छानिए

R
Rangamanch
2 दिन अगाडि
114
चैतमा नवौं निफ , ४० देशका ८८ चलचित्र छानिए
सारांश
निफको नवौं संस्करण आगामी चैत १९ देखि २३ गते (अप्रिल २-६, २०२६) सम्म हुने भएको छ ।

काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले नेपाली चलचित्रलाई विश्व चलचित्र बजारसँग जोड्ने उद्देश्यले आयोजना गर्दै आएको ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ)को नवौं संस्करण आगामी चैत १९ देखि २३ गते (अप्रिल २-६, २०२६) सम्म हुने भएको छ । यस निफको नवौं संस्करणमा दर्शकहरूले पाँच दिनभित्र ४० देशका ८८ चलचित्रहरू हेर्न पाउनेछन् र चलचित्रकर्मीहरूसँग अन्तरक्रिया गर्ने अवसर पनि पाउनेछन्।

‘विश्वभरका कथाहरुको उत्सव, नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नारालाई निरन्तरता दिँदै आयोजकले यस संस्करणको महोत्सवको मिति घोषणा गरेको हो । यस संस्करणमा युवा पुस्ताको रुचिलाई केन्द्रमा राखेर चलचित्रहरु चयन गरिएको निफले जनाएको छ ।

‘हामीले यो पटक युवापुस्ता केन्द्रित चलचित्रहरुलाई प्राथमिकता दिएका छौं । निफलाई युवा मैत्री बनाउने हाम्रो प्रयास रहेको छ,’ निफकाअध्यक्ष केपी पाठक भन्छन्, ‘युवा मेकरहरुलाई प्रत्सोहनगर्न हामीले एआई चलचित्र मेकिङको कार्यशाला लगायतका सेसन पनि राखेका छौं । चलचित्रबाट युवादर्शकहरुलाई आशा जगाउने हाम्रो मुख्य प्रयास रहनेछ ।’

यो वर्ष ८० बढी देशबाट ८०० बढी चलचित्रहरुले महोत्सवमा सहभागी हुन आवेदन दिएको निफले जनाएको छ ।

ती ८०० मध्येका उत्कृष्ट र युवाको चासोमा रहेका चलचित्रहरु चयन गरिएकाले यस संस्करणको निफको स्क्रिनिङ विशेष रहने ‘महोत्सवचलचित्र छनोट समिति’को विश्वास छ ।

‘पहिलाका संस्करणको तुलनामा यो पटक बढी चलचित्रको सहभागिता भएको छ । सबैभन्दा बढी फिल्म प्राप्त भएको संस्करण बनेको छ,’ अध्यक्ष पाठक भन्छन्, ‘यो भनेको अन्तर्राष्ट्रिय फिल्म समुदाय र मेकरहरुको निफप्रतिको विश्वास बढेको हो ।’

विश्व प्रतिष्ठित कान्स, बर्लिन, भेनिस, ट्राइबेका,संघाई, लोकार्नो, बुसान, गोवालगायत चलचित्रमहोत्सवमा सहभागी भएका र अवार्ड जितेका फिचर चलचित्र, सर्टफिल्म, एआईबाट बनेका चलचित्र र डकुमेन्ट्रीहरु गरी ४० देशका ८८ वटा चलचित्रहरु निफलेछनौट गरेको हो ।

गत जुनमा निफले विश्वव्यापी आवेदन खुलाएको थियो । त्यसबेला निफ फागुनमा २१ देखि सुरु हुने घोषणा गरिएको थियो । गत भदौं २३–२४ मा भएको जेन-जी आन्दोलनले फागुनमा आम निर्वाचन हुने भएकाले यसको मिति एक महिनापछि सारिएको छ ।

अध्यक्ष पाठक भन्छन्, ‘निर्वाचन हुँदा यातायातदेखि सुरक्षाका विषयहरु सरोकारमा पर्छन् । यिनै सुरक्षा र जटिलतालाई मध्यनजर गरी तथा आगामी निर्वाचन विशेष महत्वको भएकोले सबैको चासो र आम जनता सहभागिता हुनपर्ने अवस्थालाई समेत ख्याल गर्दै निफलाई एक महिनापछि सारिएको हो ।’

साझा गर्नुहोस्:

सम्बन्धित समाचार