००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

भीडबीच डोको बोकेर फिल्म प्रचारमा सिम्रन खड्का, सेल्फी खिच्नेको ओइरो

रङ्गमञ्च
रङ्गमञ्च
1 घण्टा अगाडि
57
1.5K
भीडबीच डोको बोकेर फिल्म प्रचारमा सिम्रन खड्का, सेल्फी खिच्नेको ओइरो
सारांश
काठमाडौैंका व्यस्त सडक र हजारौँको भीडबीच डोकोमा घाँस बोकेर हिँडिरहेकी एक युवतीले सबैको ध्यान खिचिन्।

काठमाडौं । काठमाडौैंका व्यस्त सडक र हजारौँको भीडबीच डोकोमा घाँस बोकेर हिँडिरहेकी एक युवतीले सबैको ध्यान खिचिन्। उनीसँग तस्बिर र सेल्फी खिच्नेहरूको पनि बाक्लो भीड देखियो।

उनी हुन्अ भिनेत्री सिम्रन खड्का। डोकोमा घाँस बोकेर सहर घुम्नु उनको व्यक्तिगत शैली नभई प्रदर्शनको तयारीमा रहेको फिल्म ‘गौंथली’ को प्रचार गर्ने फरक अभियान हो। शनिबार उनी काठमाडौं र ललितपुरका विभिन्न स्थानमा फिल्मकै पात्रको पहिरनमा देखिइन्।

वसन्तपुर र पाटन क्षेत्रमा पुगेर उनले झन्डै दुई हजारभन्दा बढी दर्शकसँग प्रत्यक्ष भेट गर्दै फिल्म हेर्न आग्रह गरिन्। ‘हामीले दर्शकमाझ पुगेर नयाँ शैलीमा फिल्मबारे जानकारी दिने प्रयास गरेका हौँ। धेरैले ट्रेलर र अन्तर्वार्ता हेरेपछि फिल्म हेर्ने निर्णय गरिसकेको बताउनुभयो,’ सिम्रनले भनिन्।

उनका अनुसार दर्शकसँग प्रत्यक्ष संवाद गर्न पाउँदा निकै उत्साहजनक अनुभव भयो। ‘जब दर्शकले फिल्म हेर्न आउने वाचा गर्नुभयो, त्यसले हाम्रो आत्मविश्वास अझ बढायो,’ उनले बताइन्।

कपिल रिजाल निर्देशित फिल्म ‘गौंथली’ आगामी १ साउनदेखि देशभर प्रदर्शनमा आउँदैछ। फिल्मका निर्माता सुमन गिरी र कपिल रिजाल हुन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह-निर्माताका रूपमा रहेका छन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार