००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

बुटबलबाट प्रचारको 'बिगुल'

R
Rangamanch
२०२६ जनवरी २३
140
बुटबलबाट प्रचारको 'बिगुल'
सारांश
आगामी फागुन १ गतेबाट देशभरका हलमा एकैसाथ  प्रदर्शनमा आउने नेपाली चलचित्र बिगुलको पब्लिसिटी बुटवलबाट शुरु भएको छ।

बुटवल। आगामी फागुन १ गतेबाट देशभरका हलमा एकैसाथ प्रदर्शनमा आउने नेपाली चलचित्र बिगुलको पब्लिसिटी बुटवलबाट शुरु भएको छ। बुटवलमा आज एक कार्यक्रमका बीच निर्माता दिनेश कोइराला, निर्देशक रमेश कोइराला र नायक नरेन खड्का सहितको टोलीले पब्लिसिटी शुरु गरेको हो। बुटवल जेसिससंगको सहकार्यमा गरिएको एक कार्यक्रममा बुटवल उपमहानगरपालिका का नगर प्रमुख खेलराज पाण्डेसहित जेसिसका प्रभुत्व व्यक्तिहरुको उपस्थितिमा फिल्मको ट्रेलर र गीतसंगीत हेरेपछि सकारात्मक प्रतिक्रिया आएको छ।

सो ट्रेलर हेरेपछि नगर प्रमुख पाण्डेले हालको बर्तमान परिश्थितिलाई नजिक बाट नियाली बनाइएको फिल्म भएकाले सबै युवा बर्ग परिवार र देशका नेतृत्त्व गर्नेहरुले हेर्ने परे फिल्म बनेको प्रतिक्रिया दिएका छन्। त्यस्तै जेसिसका विभिन्न व्यक्तिहरुले आफ्नो प्रतिक्रिया दिंदै युवाहरुको सोच र नेतृत्त्वलाइ झकझकाउने खालको फिल्म बनेकाले आफुहरु लगायत सबैलाई फिल्म हेर्न आग्रह समेत गरेका छन्। माघ २८ र २९ गते अनलाईन बुकिङ्ग खुल्ने फिल्मको बुटवलमा एक औपचारिक कार्यक्रम गर्दै स्थानिय बुद्धिजीवी र सरोकारवालाहरुलाई फिल्म बारे बताइएको निर्माता दिनेश कोइरालाले बताए। फिल्म जेंजी आन्दोलन अगाडी नै निर्मा भएपनि आफुहरुको सोच जस्तै देशमा अभेको आमुल परिबर्तनको कुरा फिल्ममा देख्न पाइने बताएका छन्।

सो अवसरमा आफ्नो बिचार राख्दै निर्देशक रामेशले फिल्मको कथाबस्तु देखि अभिनय र सिनेमाटोमा निकै मेहनत गरिएकोले सबै परिवारको , आफ्नै समाजको यथार्थ कथा फिल्मले बोलेको बताएका छन्। सबैलाई नेपाली फिल्म बिगुलमार्फत आमन्त्रण गर्दै निर्देशक रामेशले बर्तमान परिप्रेक्ष्यमा फिल्मले समजलैई गतिलो उदाहरण दिने बताए। कार्यक्रममा बुटवलका दर्शकको यस अघिका फिल्ममा निकै अपार माया पाएको उल्लेख गर्दै कलाकार नरेन खड्काले फिल्म बिगुलले चुनावको छेकोमा समाजको यथार्थ चित्रण गर्दै नयाँ आयाम ल्याउन बिगुल फुक्ने समेत बताए।

म्याग्नोलिया ग्रुपको ब्यानरमा निर्माण भएको फिल्ममा बेनिशाका साथमा नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, विनोद न्यौपाने, जेएन घिमिरे, गीता अधिकारी, मीरा पण्डित, मानश्री शर्मालगायत कलाकारले अभिनय छ ।

प्रदीप भारद्वाज र मौनता श्रेष्ठको पटकथा, संवाद, शिव ढकालको छायांकन, कमल राई र कविराज गहतराजको नृत्य निर्देशन, एनबी महर्जनको द्वन्द्व निर्देशन, विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत, तारा थापा किम्भेको सम्पादन रहेको फिल्मको सहनिर्मातामा सूर्यकान्त कोइराला र महेश कोइराला छन् ।काठमाडौं उपत्यकाभित्र काफिया फिल्म्सले वितरण गर्ने फिल्मको मोफसल वितरण श्री ब्याङ्केट्स इन्टरटेन्मेन्ट रहेको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार