००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

अभिनेत्री नीति शाहले कसिन् लगनगाँठो

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ फेब्रुअरी २०
116
अभिनेत्री नीति शाहले कसिन् लगनगाँठो
सारांश
नीतिका श्रीमान् यञ्चित पेशाले एरोस्पेस इन्जिनियर हुन्।

काठमाडौं । अभिनेत्री नीति शाह शुक्रबार बैवाहिक जीवनमा बाँधिएकी छन्।

उनले प्रेमी यञ्चित राणासँग विवाह गरेकी हुन्। नीति र याञ्चितले गत बैशाखमा कानुनी रूपमा विवाह गरेका थिए। उनीहरू केही वर्षदेखि प्रेम सम्बन्धमा थिए। विवाहपूर्व प्रि-वेडिङ फोटोसुट र सीक्रेट ब्याचलर पार्टी पनि सम्पन्न भएको थियो।

नीतिका श्रीमान् यञ्चित पेशाले एरोस्पेस इन्जिनियर हुन्। नीति र याञ्चितले शनिबार साँझ रिसेप्सन पार्टी आयोजना गरेका छन्।

नीतिले फिल्म खजुरे ब्रो बाट फिल्मी यात्रा सुरू गरेकी थिइन्। उनका 'ज्वाइँ साब' नरसिंह अवतार लगायतका फिल्म प्रदर्शनमा आइसकेका छन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार