काठमाडौँ - अभिनेता तथा गायक प्रशान्त तामाङको निधन भएको छ । पारिवारिक श्रोतले दिएको जानकारी अनुसार उनको कार्डियाक अरेस्ट अर्थात् हृदयघातका कारण मृत्यु भएको हो । प्रशान्त निकट मानिने निर्माता राजेश घतानीका अनुसार दिल्लीको जनकपुरस्थित निवासमा उनको निधन भएको हो ।
इन्डियन आइडल सिजन ३ विजेता प्रशान्तले गोर्खा पल्टन, परदेशी एक र दुई, निशानी, किन मायामा, अंगालो मायाको आदि नेपाली चलचित्रमा अभिनय गरेका छन् ।
प्रशान्त भर्खरै मात्र पाताललोकको तेस्रो सिजनमा देखिएका थिए भने सलमान खानको निर्माण रहेको गलवानमा पनि उनको अभिनय रहेको थियो । गलवान आउँदो अप्रिलमा रिलिज हुँदैछ । ४३ वर्षीय प्रशान्तका श्रीमती र एक छोरी रहेका छन् ।




