००:००:००
ट्रेन्डिङ
समाचार

आज कहाँ-कहाँ पर्छ पानी ?

रङ्गमञ्च
रङ्गमञ्च
2 घण्टा अगाडि
66
आज कहाँ-कहाँ पर्छ पानी ?
सारांश
रातिको समयमा पनि पहाडी भेगका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने मौसमविद्हरूले बताए।

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेकाले कोशी प्रदेश लगायत देशका पहाडी र हिमाली भू भागमा सामान्य बदली भएको छ। जल तथा मौसम विज्ञान महाशाखाका अनुसार आज दिउँसो पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ।

पहाडी र हिमाली भेगका केही स्थानमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। महाशाखाले वर्षा र चट्याङका कारण हुन सक्ने जोखिमबाट बच्न सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ।

त्यसैगरी, आज राति पनि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू(भागमा साधारणतया बदली रहने छ। तराईका क्षेत्रमा भने आंशिक बादल लाग्ने सम्भावना छ। रातिको समयमा पनि पहाडी भेगका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने मौसमविद्हरूले बताए।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार