००:००:००
ट्रेन्डिङ
समाचार

वायुसेवा निगमका दुई अन्तर्राष्ट्रिय उडान रद्द

रङ्गमञ्च
रङ्गमञ्च
2 घण्टा अगाडि
1
वायुसेवा निगमका दुई अन्तर्राष्ट्रिय उडान रद्द
सारांश
मध्यपूर्व क्षेत्रमा उत्पन्न असहज परिस्थितिका कारण हवाई क्षेत्र बन्द हुँदा नेपाल वायुसेवा निगमका दुई अन्तर्राष्ट्रिय उडान रद्द गरिएको छ ।

काठमाडौं । मध्यपूर्व क्षेत्रमा उत्पन्न असहज परिस्थितिका कारण हवाई क्षेत्र बन्द हुँदा नेपाल वायुसेवा निगमका दुई अन्तर्राष्ट्रिय उडान रद्द गरिएको छ । निगमले बिहीबार सूचना जारी गर्दै २०८२ फागुन २१ गतेका लागि तय गरिएको काठमाडौं–दोहा उडान र २०८२ फागुन २२ गतेका लागि तय गरिएको दोहा–काठमाडौं उडान रद्द गरिएको जानकारी दिएको हो ।

मध्यपूर्व क्षेत्रमा देखिएको सुरक्षा अवस्थाका कारण केही हवाई मार्ग बन्द भएकाले उडान सञ्चालन गर्न नसकिएको निगमले जनाएको छ । यसबाट यात्रुहरूलाई पर्न गएको असुविधाप्रति निगमले क्षमायाचना समेत व्यक्त गरेको छ ।

निगमका अनुसार मध्यपूर्वका दुबई, दोहा र दमाम गन्तव्यका आगामी उडानबारे जानकारी लिन यात्रुहरूले निगमको आधिकारिक सूचना तथा तोकिएका सम्पर्क नम्बरमा सम्पर्क गरेर मात्र विमानस्थल जान आग्रह गरिएको छ । थप जानकारीका लागि यात्रुहरूले नेपाल वायुसेवा निगमको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जाल नियमित रूपमा हेर्न पनि अनुरोध गरिएको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार