रौतहट । मुलुक यतिबेला प्रतिनिधि सभा निर्वाचनको मतगणनामा होमिएको छ । यसैक्रममा मधेश प्रदेशको राजनीतिक केन्द्र मानिने रौतहट जिल्लाको पछिल्लो मतपरिणामले धेरैलाई चकित तुल्याएको छ ।
जिल्लाका चार निर्वाचन क्षेत्रमध्ये तीनवटामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले सानदार अग्रता कायम गरेको छ भने एउटा क्षेत्रमा नेपाली कांग्रेसले आफ्नो साख जोगाउँदै अग्रता लिइरहेको छ ।
रौतहटको क्षेत्र नम्बर १ मा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल चौथो स्थानमा खुम्चिएका यस क्षेत्रको सबैभन्दा ठूलो राजनीतिक फेरबदलका रूपमा हेरिएको छ ।
यहाँ रास्वपाका उम्मेदवार राजेश चौधरीको फराकिलो मतले अग्र स्थानमा छन् । मुख्य निर्वाचन अधिकृत मनोज केसीका अनुसार
राजेशकुमार चौधरी ९रास्वपा०स् २१,५८८ मत ९अग्रता०
अजयकुमार गुप्ता ९नेकपा एमाले०स् ८,११० मत
अनिलकुमार झा ९नेपाली कांग्रेस०स् ६,०९४ मत
माधवकुमार नेपाल ९नेकपा एस०स् ५,४७२ मत
क्षेत्र नम्बर २ मा भने नेपाली कांग्रेसले आफ्नो पकड कायम राखेको छ । यहाँ कांग्रेस उम्मेदवार फिरदोश आलमले ५,८४५ मतका साथ अग्रता लिएका छन् ।
दोस्रो स्थानमा नेकपा एमालेका किरण साह छन, जो आलमभन्दा ९९० मतले पछाडि छन् । रास्वपाका उम्मेदवार शेख सगिर ४,५९८ मतका साथ प्रतिस्पर्धामा छन् ।
क्षेत्र नम्बर ३ मा पनि रास्वपाकै लहर देखिएको छ । यहाँ रास्वपाका रविन्द्र पटेल ४,२९७ मतका साथ पहिलो स्थानमा छन् ।
जसपाका गोविन्द चौधरी ३,१४९ मतका साथ उनलाई पछ्याइरहेका छन् । आम जनता पार्टीका अध्यक्ष प्रभु साह भने १,६३८ मतका साथ तेस्रो स्थानमा छन्, जुन यस क्षेत्रका लागि अनपेक्षित परिणाम हो ।
रौतहट क्षेत्र नम्बर ४ मा रास्वपाका उम्मेदवार गणेश पौडैलले निकै भारी मतको अन्तरले अग्रता लिइरहेका छन् ।
गणेश पौडैल ९रास्वपा०स् १८,११३ मत, देवप्रसाद तिमल्सिना ९कांग्रेस०स् ७,७११ मत, रामकुमार भट्टराई ९नेकपा०स् ६,३०५ मत प्राप्त गरेका छन् ।
यस क्षेत्रमा हालसम्म ३७,९१७ मत सदर भएको मुख्य निर्वाचन अधिकृत उद्धव ढोडारीले जानकारी दिए ।
रौतहटको यो प्रारम्भिक नतिजाले स्थापित पुराना शक्ति र ठूला भनिएका नेताहरूलाई नयाँ शक्तिले कडा चुनौती दिएको स्पष्ट पारेको छ ।
विशेषगरी रास्वपाको पक्षमा देखिएको यो जनलहरले जिल्लाको आगामी राजनीतिक समीकरणमा ठूलो प्रभाव पार्ने निश्चित छ ।





