००:००:००
ट्रेन्डिङ
राजनीति

रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ फेब्रुअरी १६
85
रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल
सारांश
राष्टिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार जगदीश खरेलले फागुन २१ गतेको चुनावपछि रास्वपाको एकलौटी सरकार बन्ने दाबी गरेका छन् ।

काठमाडौं । राष्टिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार जगदीश खरेलले फागुन २१ गतेको चुनावपछि रास्वपाको एकलौटी सरकार बन्ने दाबी गरेका छन् ।

सोमबार ललितपुरमा आयोजना गरिएको घरदैलो कार्यक्रममा बोल्दै खरेलले यसपटक निर्वाचनमा भाग लिने घोषणा गर्दा रास्वपाले १५१ सिटको लक्ष्य राखेको बताए ।

‘यसपटक निर्वाचनमा भाग लिने घोषणा गर्दा हामीले १५१ सिटको लक्ष्य राखेका छौं । यसपटक रास्वपाको एकलौटी सरकार बन्दैछ,’ उनले भने ।

उनले फागुन २१ गतेको चुनावले सरकार, संसद मात्र बनाउने नभइ नेपालको भाग्य र भविष्यको समेत परिवर्तन गर्ने आधारशिला तयार पारेको बताए । खरेलले ललितपुरका तीनवटै क्षेत्रमा रास्वपाले जित्ते दाबी समेत गरे ।

सो क्रममा उनले ललितपुरको सम्पदा आफ्नो जीवन भन्दा पनि प्यारो भएकाले सम्पदाको संरक्षण गर्नु पहिले दायित्व भएको बताए ।

यस्तै ललितपुर महागरपालिकाको रास्वपाका सभापति ललित महर्जनले पनि रास्वपाले अत्याधिक बहुमतले चुनाव जित्ने दाबी गरे । उनले घरदैलो कार्यक्रममा मतदाताले नै चुनावी माहोललाई साथ दिएको बताए ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार