रामेछापमा कर्मचारी सहित निर्वाचनका सामाग्री बोकेको गाडी दुर्घटना भएको छ ।
रामेछाप नगरपालिका २ देउरालीको सितलादेवी मावि र वडा नं ३ साँघुटारको वडाकार्यालय मतदान केन्द्रका कर्माचारी र निर्वाचन सामाग्री लिएर गएको निसान कम्पनीको गाडी देउरालीको मतदान केन्द्रमा खटिएका कर्मचारी र निर्वाचन सामाग्री झारेर ब्याक गर्ने क्रममा दुर्घटनामा परको स्थानीयले जानकारी दिएका छन् ।
गाडीमा कति मानिस सवार थिए भन्ने खुलेको छैन । गाडी भिरबाट खसेको र विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रही कार्यालय रामेछापका इन्सपेक्टर राजनप्रसाद तिमल्सिनाले जानकारी दिए । दुर्घटनामा केही मानिसहरु हताहत भएको आशंका गरिएको भए पनि प्रहरीले त्यस बारे केही बताएको छैन ।





