काठमाडौँ । फिल्म ‘फलानो ढिस्कानो’ निर्माण हुने भएको छ ।मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमबिच फिल्म घोषणा गरिएको हो । कार्यक्रममा निर्माण युनिटले दुई पोस्टर सार्वजनिक गर्दै फिल्म घोषणा गरेको हो ।
द्रव्य प्रोडक्सनको व्यानरमा बन्ने फिल्मको पोस्टरमा कथावाचकका रूपमा चर्चामा रहेका साइग्रेस पोखरेल प्रमुख पात्रका रूपमा देखिएका छन् ।कार्यक्रममा साइग्रेसले भने, 'आ बाट आमा खेल्छु त्यसपछि खेल्दिनँ भन्ने थियो, तर यो नशा रैछ ।' त्यसैले यो फिल्मको कथा मन परेको कारण अभिनय गर्न लागेको उनले बताए ।
फिल्ममा अन्य कलाकारहरूको नाम भने सार्वजनिक गरिएको छैन । निर्माण टिमले विस्तारै अन्य कलाकार तथा प्राविधिकबारे जानकारी दिने बताएको छ । फिल्मलाई राजकुमारले निर्देशन गर्न लागेको हुन् । फिल्म दसैंपछि छायांकनमा जानेछन् ।





