००:००:००
ट्रेन्डिङ
राजनीति

फागुन २१ को निर्वाचन सुरक्षामा १ लाख ४९ हजारभन्दा बढी निर्वाचन प्रहरी आजदेखि फिल्डमा

K
kiran adhikari
२०२६ फेब्रुअरी ११
177
220
फागुन २१ को निर्वाचन सुरक्षामा १ लाख ४९ हजारभन्दा बढी निर्वाचन प्रहरी आजदेखि फिल्डमा
सारांश

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षाका लागि छनोट भई तालिम पूरा गरेका एक लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी आजद...

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षाका लागि छनोट भई तालिम पूरा गरेका एक लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी आजदेखि फिल्डमा खटिँदै छन्। उनीहरू नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगै चुनावी सुरक्षामा परिचालित हुनेछन्।

निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीले एक लाख ३३ हजार ९८० जना तथा सशस्त्र प्रहरीले १५ हजार ११० जना निर्वाचन प्रहरी भर्ना गरेको हो। ती निर्वाचन प्रहरीलाई माघ १८ गते नियुक्तिपत्र प्रदान गरिएको थियो।

निर्वाचन प्रहरीलाई ४० दिनका लागि प्रहरी जवान सरह तलब, भत्ता तथा सेवा–सुविधा उपलब्ध गराइने व्यवस्था गरिएको छ।

यसैबीच, मतदान केन्द्रहरूलाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन तहमा वर्गीकरण गरिएको छ। सोही अनुसार तीन तहको सुरक्षा व्यवस्था मिलाइने जनाइएको छ। निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र मर्यादित बनाउन सुरक्षा निकायहरूले आवश्यक तयारी पूरा गरिसकेको बताएका छन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार