००:००:००
ट्रेन्डिङ
खेलकुद

खेलमा सफलता पाउन खेलाडीलाई सोसल मिडियाबाट टाढा राख्नु जरुरी छः गौतम गम्भीर

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ मार्च ११
126
60
खेलमा सफलता पाउन खेलाडीलाई सोसल मिडियाबाट टाढा राख्नु जरुरी छः गौतम गम्भीर
सारांश
भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षक गौतम गम्भीरले सामाजिक सञ्जाललाई ‘टक्सिक’ संस्कृति भएको बताउँदै खेलाडीहरूलाई त्यसबाट टाढा राख्नु आवश्यक रहेको बताएका छन् ।

काठमाडौं । भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षक गौतम गम्भीरले सामाजिक सञ्जाललाई ‘टक्सिक’ संस्कृति भएको बताउँदै खेलाडीहरूलाई त्यसबाट टाढा राख्नु आवश्यक रहेको बताएका छन् । हालै भारतले टि–२० विश्वकप २०२६ को उपाधि जितेपछि सञ्चारमाध्यमसँग कुरा गर्दै उनले टोलीको सफलताको मुख्य कारण खेलाडीहरूलाई बाहिरी दबाब र सामाजिक सञ्जालको प्रभावबाट जोगाउनु रहेको बताए ।

भारतले आफ्नो फाइनल खेलमा न्यूजिल्यान्डलाई ९६ रनले पराजित गर्दै अहमदाबादस्थित नरेन्द्रमोदी स्टेडियममा उपाधि जितेको थियो । गम्भीरका अनुसार प्रतियोगिताको दौरान टोलीले “बाहिरी डिस्टर्व” घटाउने रणनीति अपनाएको थियो, जसका कारण खेलाडीहरूले आलोचना र अपेक्षाको दबाबबिना प्रदर्शनमा ध्यान दिन सके । “आजको समयमा सामाजिक सञ्जाल अत्यन्तै नकारात्मक भएको छ । खेलाडीहरू पनि मानिस हुन, उनीहरूबाट गल्ती हुनु स्वाभाविक हो,” उनले भने ।

उनले आफू सामाजिक सञ्जालमा आउने टिप्पणीप्रति जवाफदेही नभई आफ्ना खेलाडी र वास्तविक क्रिकेट समर्थकप्रति मात्र जिम्मेवार रहेको स्पष्ट पारे । प्रशिक्षकको रूपमा आफ्नो मुख्य काम आलोचकलाई गलत सावित गर्नु नभई खेलाडीलाई समर्थन र सुरक्षा प्रदान गर्नु रहेको उनले बताए ।

गम्भीरले सामाजिक सञ्जालमा भ्युज र लाइकका लागि नकारात्मक कथानक बनाइने प्रवृत्ति बढेको भन्दै यस्तो वातावरणबाट खेलाडीलाई जोगाउनु आवश्यक रहेको धारणा व्यक्त गरे । साथै उनले खेलमा आक्रामकता स्वाभाविक भएको र देशका लागि खेल्दा खेलाडीहरूले जित्नका लागि पूर्ण प्रयास गर्ने भएकाले त्यसलाई अनावश्यक रूपमा आलोचना गर्न नहुने पनि बताए । एएनआई

साझा गर्नुहोस्:

सम्बन्धित समाचार