काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी इजरायली र अमेरिकी आक्रमणमा मारिएको पुष्टि भएको छ । इरानी राज्य नियन्त्रित सञ्चार माध्यमहरूका अनुसार खामेनीको इजरायली र अमेरिकी आक्रमणमा परी मृत्यु भएको हो।
खामेनीको मृत्युको आधिकारिक पुष्टि भएसँगै इरान सरकारले देशभर सात दिन सार्वजनिक बिदा र ४० दिन शोकको घोषणा गरेको छ । सञ्चार माध्यमहरूका अनुसार यो आक्रमण इजरायल र संयुक्त राज्य अमेरिकाको संयुक्त सैन्य कारबाहीको परिणाम हो ।
यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको बताएका थिए । ट्रम्पले ट्रुथ सोसलमार्फत् खामेनी मारिएको दाबी गरे पनि इरानबाट पुष्टि हुन सकेको थिएन । इरानका विदेशमन्त्री अब्बास अराघचीले त एनबीसी समाचार संस्थासँगको कुराकानीका क्रममा आफ्ना नेता सुरक्षित र स्वस्थ रहेको दाबी गरेका थिए ।





