००:००:००
ट्रेन्डिङ
समाचार

एमाले अध्यक्ष ओलीले आज दमकमा विद्यार्थीहरूसँग छलफल गर्ने

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ फेब्रुअरी २७
25
एमाले अध्यक्ष ओलीले आज दमकमा विद्यार्थीहरूसँग छलफल गर्ने
सारांश
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापाको दमकमा विद्यार्थीहरूसँग छलफल गर्ने भएका छन् ।

दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापाको दमकमा विद्यार्थीहरूसँग छलफल गर्ने भएका छन् । आज बिहान ११ बजे दमकस्थित होटेल कोरोनेशनमा यस क्षेत्रका विभिन्न कलेज तथा विद्यालयका करिब ३ सयभन्दा बढी विद्यार्थीसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ ।

निर्वाचन लक्षित भेटघाटको क्रममा आजको पहिलो कार्यक्रम विद्यार्थीहरूसँग छलफल रहने जनाइएको छ । झापा–५ नेपाल कम्युनिष्ट पार्टी (एमाले) निर्वाचन प्रचार उपसमितिका संयोजक इन्द्र भण्डारीका अनुसार कार्यक्रममा विद्यार्थीका समसामयिक समस्या, जिज्ञासा र सुझावहरू सुन्ने तथा उठेका विषयमा अध्यक्ष ओलीले प्रत्यक्ष अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । विद्यार्थीसँगको छलफलपछि अध्यक्ष ओली दिनभरि झापाको गौरीगञ्ज नगरपालिकाअन्तर्गत विभिन्न स्थानमा मतदातासँग भेटघाटमा सहभागी हुनेछन् ।

घोषित कार्यक्रमअनुसार उनी दिउँसो साढे १ बजे गौरीगञ्ज–४ को खाङ्टामा पुगेर स्थानीयसँग भेटघाट गर्नेछन् । त्यसपछि सोही वडाको मियाँ टोलमा स्थानीयसँग संवाद गर्ने कार्यक्रम रहेको छ । मियाँ टोलको कार्यक्रमपछि उनी दिउँसो ३ बजे दुर्गाचौक मजुवामा मतदातासँग छलफल गर्ने र साढे ३ बजे फकिरढिपमा भेटघाट गर्ने कार्यतालिका रहेको छ ।

समूहगत रूपमा आयोजना गरिएका भेटघाट कार्यक्रममा स्थानीय बासिन्दाका समस्या र गुनासो सुन्ने तथा समाधानका विषयमा आफ्नो धारणा राख्ने कार्यक्रम रहेको जनाइएको छ । अध्यक्ष ओली पछिल्लो समय आफ्नो निर्वाचन क्षेत्रका टोल–टोलमा पुगेर जनताका कुरा प्रत्यक्ष सुन्ने अभियानमा सक्रिय रहेका छन् ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार