मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ
समाचार

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ मार्च ६
171
660
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश
सारांश
उनलाई थुनामा राख्ने काम कारबाही नै गैरकानुनी देखिएकाले पक्राउ पुर्जी र हिरासतमा राख्ने अनुमति समेत बदर गरेको आदेशमा भनिएको छ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश भएको छ।

सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको इजलासले आज प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए। प्रसाईंलाई चुनावअघि प्रहरीले नियन्त्रणमा लिएको थियो।

‘निवेदकलाई अदालतबाट पटक पटक थुनामुक्त गर्ने गरी बन्दीप्रत्यक्षीकरणको आदेश जारी भएपनि पुनः सोही सार्वजनिक शान्ति विरूद्धको कसूरमा पक्राउ गरिएको कार्य निवेदकलाई थुनामै राख्ने उद्देश्यले अभिप्रेरित रहेको अर्थात प्रवृत्त भावनाको समरूप देखिएको आधारमा गैरकानूनी नै मान्नु पर्ने अवस्था रहेको र निर्वाचन बिथोल्ने आशंका गरी पक्राउ गरिएकोमा सो कार्य पनि सम्पन्न भइसकेकोले निवेदकबाट आसन्न खतराको अवस्था पनि रहेको देखिएन,’ सर्वोच्चले भनेको छ।

त्यस्तै, उनलाई थुनामा राख्ने काम कारबाही नै गैरकानुनी देखिएकाले पक्राउ पुर्जी र हिरासतमा राख्ने अनुमति समेत बदर गरेको आदेशमा भनिएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार