००:००:००
ट्रेन्डिङ
समाचार

चुनावी अपडेट : देशभर रास्वपा ३५ सिटमा विजयी, ६ सिट जितेको कांग्रेस दोस्रो स्थानमा

रङ्गमञ्च
रङ्गमञ्च
2 घण्टा अगाडि
62
चुनावी अपडेट : देशभर रास्वपा ३५ सिटमा विजयी, ६ सिट जितेको कांग्रेस दोस्रो स्थानमा
सारांश
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर उल्लेखनीय अग्रता लिइरहेको छ । पछिल्लो अपडेट अनुसार रास्वपाले ३६ सिट जितेको छ ।

काठमाडौं । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर उल्लेखनीय अग्रता लिइरहेको छ । पछिल्लो अपडेट अनुसार रास्वपाले ३६ सिट जितेको छ ।

यसले पुराना दलहरूलाई चुनौती दिएको छ । जसमध्ये नेपाली कांग्रेस हालसम्म ६ सिटमा विजयी बन्दै दोस्रो स्थानमा खुम्चिएको छ ।

प्राप्त पछिल्लो परिणाम अनुसार कांग्रेसबाट जित हासिल गर्ने उम्मेदवारहरूमा डोटी– १ बाट भरतबहादुर खड्का १४,८९७ मतले बिजय हुँदा दैलेख– १ बाट बासना थापा १२,३७२ मत, सन्तोष सुब्बा –तेह्रथुम – १ बाट ११,५६१ मतले विजय भएका छन् ।

यस्तै, मोहन आचार्य रसुवा १ बाट १०,६५६ मतले विजयी हुँदा योगेश गौचन – थकाली मुस्ताङ १ बाट ३,३०७ मतले विजयी भए । यसैगरी टेकबहादुर गुरुङ – मनाङ १ बाट २,४१५ मतले विजयी भए ।

हालसम्मको मतगणनामा रास्वपाले ८४ स्थानमा अग्रता बनाएको छ । नेपाली कांग्रेसले १० स्थानमा अग्रता कायम गरेको छ भने नेकपा एमालेले २ सिटमा जित हासिल गरेको छ र ९ स्थानमा अग्रता लिइरहेको छ । यस्तै, नेकपाले २ सिट जित्दा १० स्थानमा अग्रता कायम गरेको छ ।

विशेषगरी झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन शाहले एमाले अध्यक्ष केपी शर्मा ओली भन्दा करिब ३५ हजार मतले अग्रता बनाएका छन् ।
हालको निर्वाचन परिणाम अनुसार रास्वपा अहिले देशभरको राजनीतिक परिदृश्यमा बलियो पार्टीको रुपमा देखा परेको छ ।

निर्वाचन नतिजाले परम्परागत दलहरूको स्थिति चुनौतीपूर्ण बनाएको छ भने नयाँ राजनीतिक दलले जनमतमा आफ्नो प्रभुत्व कायम गरेको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार