००:००:००
ट्रेन्डिङ
विश्व

चीनको नयाँ हाई–स्पिड ट्रेन परीक्षणमा, ४५० किमी प्रतिघण्टा गति

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ मार्च ११
178
360
चीनको नयाँ हाई–स्पिड ट्रेन परीक्षणमा, ४५० किमी प्रतिघण्टा गति
सारांश
चीनले विकास गरेको नयाँ पुस्ताको हाई–स्पिड ट्रेन ‘सीआर४५०’ ले परीक्षणका क्रममा प्रतिघण्टा ४५० किलोमिटरको गति हासिल गरेको छ ।

काठमाडौं । चीनले विकास गरेको नयाँ पुस्ताको हाई–स्पिड ट्रेन ‘सीआर४५०’ ले परीक्षणका क्रममा प्रतिघण्टा ४५० किलोमिटरको गति हासिल गरेको छ । यसले चीनको उच्चस्तरीय उत्पादन क्षमता र प्रविधि नवप्रवर्तनलाई थप सुदृढ बनाएको बताइएको छ ।

चीन रेल्वे विज्ञान एकेडेमीका प्रमुख अनुसन्धानकर्ता झाओ होङवेइका अनुसार सन् २०२५ देखि सुरु भएको सीआर ४५० परियोजनामा उल्लेखनीय प्रगति भएको छ । हालसम्म ट्रेनले करिब ३ लाख किलोमिटर परीक्षण यात्रा पूरा गरिसकेको छ र मूल्याङ्कन प्रक्रियाको आधाभन्दा बढी काम सम्पन्न भइसकेको छ ।

पुरै रूपमा स्वदेशी बौद्धिक सम्पत्ति अधिकारसहित विकास गरिएको यो ट्रेनमा करिब ४० हजारभन्दा बढी पार्टपुर्जा र विभिन्न नियन्त्रण प्रणाली समावेश छन् । यस परियोजनाले मेसिनरी, धातु, इलेक्ट्रोनिक्स तथा रसायन उद्योगलगायत विभिन्न क्षेत्रलाई समेत प्रोत्साहन दिएको छ ।

चीनका उद्योग तथा सूचना प्रविधि मन्त्री ली लेछेङले वैज्ञानिक उपलब्धिलाई औद्योगिक प्रगतिमा रूपान्तरण गर्ने नीति अघि बढाइएको बताउँदै प्रविधि र उद्योगबीचको समन्वय अझ सुदृढ गरिने बताएका छन् ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार