००:००:००
ट्रेन्डिङ
विश्व

बोलिभियमा वायुसेनाको कार्गो विमान दुर्घटना, २० जनाको मृत्यु

रङ्गमञ्च
रङ्गमञ्च
11 घण्टा अगाडि
5
बोलिभियमा वायुसेनाको कार्गो विमान दुर्घटना, २० जनाको मृत्यु
सारांश
एक दर्जन व्यक्तिलाई नोट चोरेको आरोपमा पक्राउ गरिएको जनाएको छ ।

लेटिन अमेरिकी मुलुक बोलिभियमा वायुसेनाको कार्गो विमान दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ ।

विमान सान्ता क्रुज शहरबाट एल अल्टोको एयरपोर्टमा आइपुग्दा दुर्घटनामा परेको हो । उड्डयन अधिकारीहरूका अनुसार सि–१३० हर्कुलस विमान धावनमार्गबाट ​​चिप्लिएर नजिकैका सवारी साधनमा ठोक्किएको थियो ।

बोलिभियाको रक्षा मन्त्रालयका अनुसार विमानले बोलिभियाको केन्द्रीय बैंकको नोटहरू ढुवानी गरिरहेको थियो । छरिएका नोटहरू लिन खोजिरहेका भीडलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

सरकारी सञ्चालित बोलिभियन समाचार एजेन्सीले कम्तिमा एक दर्जन व्यक्तिलाई नोट चोरेको आरोपमा पक्राउ गरिएको जनाएको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार