मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ
समाचार

बागलुङमा ५९ इजाजत प्राप्त हातहतियार बुझाइयो, अटेरीको लाइसेन्स खारेज हुने

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ फेब्रुअरी २६
147
680
बागलुङमा ५९ इजाजत प्राप्त हातहतियार बुझाइयो, अटेरीको लाइसेन्स खारेज हुने
सारांश
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बागलुङमा हालसम्म ५९ थान इजाजत प्राप्त हातहतियार बुझाइएको छ ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बागलुङमा हालसम्म ५९ थान इजाजत प्राप्त हातहतियार बुझाइएको छ । अझै ८३ थान बुझाउन बाँकी रहेकाले समयमै नबुझाए लाइसेन्स खारेज गरिने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिनुभएको छ ।

जिल्ला प्रशासन कार्यालय बागलुङले निर्वाचनअघि सबै निजी हातहतियार बुझाउन निर्देशन दिएको थियो । जिल्लामा दर्तावाला १४२ हतियार रहेका छन् भने यसैबीच प्रहरीले निर्वाचन लक्षित सर्च अपरेशनका क्रममा ११५ थान अवैध हातहतियार समेत बरामद गरेको जनाएको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार