काठमाडौं ।रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण देश विषम परिस्थितिबाट गुज्रिरहेका बेला फिल्म ‘बा: एक योद्धा’ले पनि आफ्नो पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित गरेको छ।
कृष्ण जन्माष्टमीको अवसर पारेर आगामी भदौ १९ गते प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म अब मंसिर २४ गते बिहीबारदेखि प्रदर्शनमा आउने भएको छ।
निर्माता कम्पनी आर्टिस्टिक इन्टरटेन्मेन्टका तर्फबाट निर्माता वसन्त लम्सालले सोमबार विज्ञप्ति जारी गर्दै देश शोक र संकटमा रहेका बेला फिल्म प्रदर्शन गर्नु उपयुक्त नदेखिएकाले मिति स्थगित गरिएको जानकारी दिएका हुन्।






