मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ
समाचार

अर्घाखाँची सिमेन्टद्वारा बाढीपीडितका लागि १ करोड ११ लाख सहयोग घोषणा

रङ्गमञ्च
रङ्गमञ्च
2 घण्टा अगाडि
107
2.4K
अर्घाखाँची सिमेन्टद्वारा बाढीपीडितका लागि १ करोड ११ लाख सहयोग घोषणा
सारांश
अर्घाखाँची सिमेन्ट लिमिटेडले रसुवामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि १ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।

भैरहवा। अर्घाखाँची सिमेन्ट लिमिटेडले रसुवामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि १ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।

कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गर्ने निर्णय गरेको जनाएको छ।

बाढीबाट प्रभावित नागरिकहरूप्रति गहिरो ऐक्यबद्धता व्यक्त गर्दै कम्पनीले प्राकृतिक विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ।

यस कठिन परिस्थितिमा बाढीपीडित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि नेपाल सरकारसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता समेत कम्पनीले जनाएको छ।

अर्घाखाँची सिमेन्टले उपलब्ध गराउने सहयोग रकमले प्रभावित क्षेत्रमा सञ्चालन भइरहेका राहत, उपचार तथा पुनर्स्थापनाका कार्यमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार