००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

यी हुन् १० करोड कमाउने चार नेपाली फिल्म

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ फेब्रुअरी १९
96
यी हुन् १० करोड कमाउने चार नेपाली फिल्म
सारांश
गत माघ १६ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘आ बाट आमा’ले घरेलु बक्स अफिसमा दोहोरो अंकको व्यापार गरेसँगै यस वर्ष १० करोड ग्रस कमाउने यो चौथो फिल्म बनेको छ ।

यस वर्ष १० करोड कमाउने नेपाली फिल्मको संख्या चार पुगेको छ । गत माघ १६ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘आ बाट आमा’ले घरेलु बक्स अफिसमा दोहोरो अंकको व्यापार गरेसँगै यस वर्ष १० करोड ग्रस कमाउने यो चौथो फिल्म बनेको छ । यसअघि तीन फिल्म ‘ऊनको स्वीटर’, ‘जेरी अन टप’ र ‘परान’ले १० करोडभन्दा बढीको व्यापार गरेका थिए ।

‘आ बाट आमा’ले बुधबार साँझसम्म १० करोडमाथि कमाएको चलचित्र विकास बोर्ड अन्तर्गतको सिनेपाः बक्स अफिसमा देखिन्छ । योसँगै फिल्म सुपरहिट बनेको छ भने अब ब्लकबस्टरको बाटोमा अगाडि बढेको छ । प्रदर्शनको तेस्रो सातामा पनि दैनिक ३० लाखमाथिको व्यापार गरिरहेको यो फिल्मले चुनावअघिसम्म १२ करोडको आँकडा पार गर्न सक्ने अनुमान गरिएको छ ।

अब धेरैको चासो ‘आ बाट आमा’ यस वर्षको सबैभन्दा धेरै कमाउने फिल्म बन्न सक्छ कि सक्दैन भन्नेमा छ । त्यसका लागि यो फिल्मले ‘परान’को कमाइलाई उछिन्नु पर्ने हुन्छ । यसले १७ करोड ८४ लाख ४७ हजार रुपैयाँ ग्रस कमाएको थियो । फागुन २१ गते प्रतिनिधि सभाको चुनाव भएकाले ‘आ बाट आमा’लाई ‘परान’को कमाइ उछिन्न सहज भने देखिँदैन ।

आमा र छोराको भावनात्मक सम्बन्ध, वैदेशिक रोजगारी र त्रिकोणात्मक प्रेमकथामा आधारित यस फिल्ममा विपना थापा, प्रदीप रावत ९गजनी भिलेन, पल शाह, साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्त, रचना गौतम लगायतको अभिनय रहेको छ । फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर,ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगाना निर्माताको रूपमा छन् ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार