००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

यी ६ फिल्म जसले आमिर खानलाई सुपरस्टार बनाए

सम्पादक
12 घण्टा अगाडि
135
सारांश
फिल्मले मनोरञ्जनसँगै शिक्षाप्रणाली र युवाको सपनाबारे महत्वपूर्ण बहससमेत सिर्जना गरेको मानिन्छ ।

बलिउडका ‘मिस्टर परफेक्सनिस्ट’ अर्थात् आमिर खान आजदेखि ६१ वर्षमा प्रवेश गरेका छन् । फिल्ममा आफ्नो भूमिकालाई अत्यन्तै गहिरो रूपमा अध्ययन गरेर काम गर्ने शैली अपनाएकाले बलिउडमा उनलाई ‘मिस्टर परफेक्सनिस्ट’को उपनामले चिन्ने गरिन्छ ।

तीन दशकभन्दा लामो फिल्मी करियरमा उनले केवल मनोरञ्जन मात्र दिएनन् । बरु सामाजिक मुद्दा र गहिरो भावनात्मक कथालाई पर्दामार्फत जनतासम्म पु¥याउन योगदान गरे । आमिरको जन्मदिनको अवसरमा उनका ती पाँच फिल्महरूको चर्चा अहिले व्यापक छ, जसले उनलाई बलिउडको एक निर्विकल्प सुपरस्टारका रूपमा स्थापित गरे ।

कयामत से कयामत तक

सन् १९८८ मा प्रदर्शन भएको यो फिल्मले आमिरलाई बलिउडमा मुख्य नायकको रूपमा जन्म दिएको थियो । मन्सुर खानद्वारा निर्देशित यस दुखान्त प्रेमकथामा आमिर र जुही चावलाको जोडीलाई दर्शकले निकै रुचाएका थिए ।

अन्दाज अपना अपना

सुरुवातमा बक्स अफिसमा औसत व्यापार गरे पनि यो फिल्म पछि गएर बलिउडको ‘कल्ट क्लासिक’ बन्यो । सलमान खान र आमिर खानको हास्यपूर्ण जुगलबन्दी रहेको यो फिल्म आज पनि दर्शकहरूलाई उत्तिकै हँसाउन सफल छ ।

लगान

ग्रामीण भारतको कथा र क्रिकेटको माध्यमबाट राष्ट्रवादको भावना जगाउने यो फिल्म आमिरको करियरको सबैभन्दा महत्त्वाकांक्षी प्रोजेक्ट मानिन्छ । यसले ओस्कारमा उत्कृष्ट विदेशी भाषाको फिल्मको श्रेणीमा मनोनयन पाएर अन्तर्राष्ट्रिय स्तरमा चर्चा कमाएको थियो ।

दिल चाहता है

फराहन अख्तरको निर्देशनमा बनेको यो फिल्मले बलिउडमा मित्रता र आधुनिक सम्बन्धलाई हेर्ने दृष्टिकोण नै बदलिदियो । तीन साथीको जीवन र प्रेममा आधारित यस फिल्मले तत्कालीन युवा पुस्तामा ठूलो प्रभाव पारेको थियो ।

रङ्ग दे बसन्ती

देशभक्ति र युवा चेतनाको कथा बोकेको यस फिल्ममा आमिरले ‘डीजे’ को भूमिका निभाएका छन् । स्वतन्त्रता सेनानीहरूको कथालाई आधुनिक परिवेशसँग जोडेर सामाजिक परिवर्तनको सन्देश दिने यो फिल्म आमिरको करियरको अर्को एउटा कोशेढुङ्गा साबित भयो ।

थ्रि इडियट

उनले अभिनय गरेको अर्को चर्चित फिल्म थ्रि इडियट हो । राजकुमार हिरानीको निर्देशनमा बनेको यो फिल्म सन् २००९ मा प्रदर्शनमा आएको थियो र प्रदर्शनपछि तत्कालै ठूलो व्यावसायिक सफलता हासिल गरेको थियो ।
यस फिल्ममा आमिर खानले ‘रणछोडदास श्यामलदास चांचड (रान्चो)’ नामक पात्रको भूमिका निभाएका छन् । फिल्मको कथा तीन इन्जिनियरिङ विद्यार्थीको जीवन, मित्रता, शिक्षा प्रणालीको दबाब र सपनाको खोजी वरिपरि घुम्छ । यसमा आमिरसँगै करिना कपुर, आर. माधवन र शर्मन जोशीले मुख्य भूमिका निभाएका छन् ।

यो फिल्म भारतीय शिक्षा प्रणालीमा हुने अत्यधिक प्रतिस्पर्धा, अंकको दबाब र सिर्जनात्मक सोचलाई दबाउने प्रवृत्तिमाथि व्यंग्य गर्दै सकारात्मक सन्देश दिन सफल भएको थियो । यो फिल्म त्यस समयको सबैभन्दा धेरै कमाइ गर्ने बलिउड फिल्ममध्ये एक बनेको थियो र विश्वभर दर्शकबाट राम्रो प्रतिक्रिया प्राप्त गरेको थियो । फिल्मले मनोरञ्जनसँगै शिक्षाप्रणाली र युवाको सपनाबारे महत्वपूर्ण बहससमेत सिर्जना गरेको मानिन्छ । एएनआई

साझा गर्नुहोस्:

सम्बन्धित समाचार