००:००:००
ट्रेन्डिङ
राजनीति

तस्बिरमा हेर्नुस् राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ

रङ्गमञ्च
रङ्गमञ्च
8 घण्टा अगाडि
124
तस्बिरमा हेर्नुस् राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ
सारांश
सुदूरपश्चिमबाट लीलाकुमारी भण्डारी र खम्मबहादुर खाती निर्वाचित भएका थिए ।

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरूले शपथ लिएका छन् । सिंहदरबारस्थित कानुन,न्याय तथा मानवअधिकार समितिको हलमा आयोजित समारोहमा राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालसमक्ष नव निर्वाचित सदस्यहरूले शपथ लिएका हुन्।

राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशबाट रोश्नी मेचे, सोमनाथ पोर्तेल, सुनिलबहादुर थापा निर्वाचित भएका थिए। मधेस प्रदेशबाट रेखाकुमारी झा, धर्मेन्द्र पासवान, रन्जित कर्ण र महन्थ ठाकुर निर्वाचित भएका थिए।

त्यसैगरी बागमती प्रदेशबाट गीता देवकाटा र प्रेमप्रसाद दङ्गाल, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना र सम्झना देवकोटा, लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, चन्द्रबहादुर केसी र वासुदेव घिमिरे निर्वाचित भएका थिए। कर्णाली प्रदेशबाट मीनासिंह रखाल र ललितजङ्ग शाही निर्वाचित भएका थिए।

त्यसैगरी सुदूरपश्चिमबाट लीलाकुमारी भण्डारी र खम्मबहादुर खाती निर्वाचित भएका थिए।

Article image
Article image
Article image
Article image
साझा गर्नुहोस्:

सम्बन्धित समाचार