००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

‘टक्सिक’को प्रभाव : ‘बेहुली’ पनि प्रदर्शनबाट पछि हट्यो, नयाँ रिलिज मिति घोषणा

रङ्गमञ्च
रङ्गमञ्च
2 घण्टा अगाडि
37
1.2K
‘टक्सिक’को प्रभाव : ‘बेहुली’ पनि प्रदर्शनबाट पछि हट्यो, नयाँ रिलिज मिति घोषणा
सारांश
कन्नड फिल्म ‘टक्सिक’ भदौ १० गते आउने भएपछि भदौ १२ गतेका एकपछि अर्को नेपाली फिल्मले प्रदर्शन मिति सार्न थालेका छन् ।

काठमाडौं । कन्नड फिल्म ‘टक्सिक’ भदौ १० गते आउने भएपछि भदौ १२ गतेका एकपछि अर्को नेपाली फिल्मले प्रदर्शन मिति सार्न थालेका छन् । केही दिनअघि ‘मास्टर्नी’ले भदौ ५ गतेलाई नयाँ प्रदर्शन मिति तय गर्‍यो । अब अर्को फिल्म ‘बेहुली’ पनि भदौ १२ मा नआउने भएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच भदौ २६ गतेलाई फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गरियो ।

प्रदर्शन मितिसँगै फिल्मको फर्स्टलुक पोस्टर पनि सार्वजनिक गरिएको छ । पोस्टरमा फिल्मका मुख्य जोडी पारस बम ठकुरी (कुल ब्वाय) र दिव्या रायमाझी देखिएका छन् । बेहुलीको पहिरनमा रहेकी दिव्या पारसको अंगालोमा बाँधिएकी छन् । पारसको हातमा भने हतकडी देखिन्छ । यसले उनीहरूको प्रेम सम्बन्धमा आउने गम्भीर संकटलाई संकेत गरेको छ ।

‘होस्टेल ३’का निर्देशक सशान कँडेलको निर्देशनमा बनेको यस फिल्ममा पारस र दिव्यासहित सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, धनश्याम जोशी, सविन कट्टेल, दीपक गौली, विमल अनुविनय यादव, अविरल श्रेष्ठलगायतका कलाकारहरूको अभिनय रहेको छ । सुशान्तले यही फिल्मबाट ५ वर्षपछि कमब्याक गरेका हुन् ।

संगीतकार अर्जुन पोखरेल प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता प्रताप सम्सेर राणा हुन् । शंकर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माताको रूपमा छन् । सह-निर्माता भने दुर्गा खरेल र शिशिर श्रेष्ठ हुन् । फिल्ममा माधव शर्माको लेखन, अर्जुन पोखरेलको संगीत, नरेन्द्र मैनालीको डीओपी, विकास दाहालको सम्पादन तथा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार