मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म 'लालिमा' को अग्रिम टिकट बुकिङ खुलेको छ।

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ मार्च १२
150
720
शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म 'लालिमा' को अग्रिम टिकट बुकिङ खुलेको छ।
सारांश
शुक्रबारका लागि देशभरबाट ६० भन्दा बढी शो पाएको छ।

शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म 'लालिमा' को अग्रिम टिकट बुकिङ खुलेको छ। देशभरका सिनेमा हलहरूले शो तालिका तय गर्दै बिहीबारदेखि बुकिङ खुलाएका हुन्।

यस फिल्मले प्रदर्शनको पहिलो दिन शुक्रबारका लागि देशभरबाट ६० भन्दा बढी शो पाएको छ। चुनावपछि प्रदर्शनमा आउन लागेको यो पहिलो फिल्म हो। नेसनल सिने ग्रुप नेपालले फिल्म वितरणको जिम्मेवारी लिएको छ।

वास्तविक यौनकर्मीहरूको समस्या, पीडा मानसिकताको घटनामा बनेको भनिएको यस फिल्ममा अभिनेत्री रोश्नी कार्की शीर्ष भूमिकामा छिन्। जीवन भट्टराई, उषा रजक शिशिर वाङदेललगायतको समेत मुख्य अभिनय छ। साथमा सुष्मा निरौला, घनश्याम जोशी सबिन कट्टेललगायतले पनि यसमा अभिनय गरेका छन्। रोशन मिराजको लेखन तथा निर्देशनमा फिल्म बनेको हो। फेथ आस्थाको प्रस्तुतिमा रहेको फिल्मको कार्यकारी निर्माता रीना लामा हुन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार