००:००:००
ट्रेन्डिङ
राजनीति

सिन्धुली २ : राष्ट्रिय स्वतन्त्र पार्टीका आशिष गजुरेल निर्वाचित

रङ्गमञ्च
रङ्गमञ्च
1 घण्टा अगाडि
62
सिन्धुली २ : राष्ट्रिय स्वतन्त्र पार्टीका आशिष गजुरेल निर्वाचित
सारांश
स्वतन्त्र उम्मेदवार महेश्वर दाहालले ५ सय ८१ मत प्राप्त गरेका छन् ।

काठमाडौँ । सिन्धुली २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका आशिष् गजुरेल निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार गजरेलले १७ हजार ९ सय ४० मत प्राप्त गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार लेखनाथ दाहालले १४ हजार ७ सय ८० मत प्राप्त गरेका छन् ।

दाहाल सोही क्षेत्रका निर्वाचित निवर्तमान सांसद हुन् । तत्कालिन माओवादीको गढका रूपमा रहेको सिन्धुली २ मा रास्वपाले जित हात परेको हो ।

यस्तै सिन्धुली २ मा नेकपा एमालेका उम्मेदवार मनोजजंग थापा तेस्रो भएका छन् । उनले ११ हजार ६०६ मत पाएका छन् । यस्तै नेपाली काँग्रेसकी सुशीला थिङ ६ हजार ७ सय ६० मत सहित चौथो भएकी छन् ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार