मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

सिनेमा आर्टको नयाँ फिल्ममा अनमोल–जसिताको जोडी, निर्देशनमा सुयोग गुरुङ

Rangamanch
Rangamanch
1 दिन अगाडि
68
1.8K
सिनेमा आर्टको नयाँ फिल्ममा अनमोल–जसिताको जोडी, निर्देशनमा सुयोग गुरुङ
सारांश
अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङ पनि अनुबन्ध भएका छन्।

काठमाडौं । ‘कबड्डी’ सिरिजका तीनवटै फिल्मसँगै ‘पुरानो डुङ्गा’, ‘झुम्की’, ‘घामपानी’, ‘मिस्टर झोले’, ‘आप्पा’ र ‘दिमाग खराब’ जस्ता चर्चित फिल्म निर्माण गरिसकेको सिनेमा आर्टले नयाँ फिल्म निर्माणको तयारी थालेको छ।

सिनेमा आर्टले आफ्नो नयाँ फिल्मको निर्देशनका लागि निर्देशक सुयोग गुरुङलाई अनुबन्ध गरेको छ। निर्माता रौनक विक्रम कडेलका अनुसार गुरुङसँग फिल्म निर्देशनका लागि औपचारिक सम्झौता भइसकेको छ।

फिल्मको मुख्य भूमिकामा अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङ पनि अनुबन्ध भएका छन्। सिनेमा आर्टले बिहीबार निर्देशक गुरुङसँगै अनमोल र जसितासँग औपचारिक सम्झौता गरेको हो।

यससँगै पछिल्लो समय रुचाइएको अनमोल केसी र जसिता गुरुङको जोडी फेरि एकपटक पर्दामा देखिने भएको छ। यसअघि पनि एकसाथ काम गरिसकेको यो जोडीलाई नयाँ फिल्ममा पुनः हेर्न पाउने भएपछि दर्शकमाझ चासो बढेको छ।

यद्यपि, फिल्मको शीर्षक भने निर्माण पक्षले अहिलेसम्म सार्वजनिक गरेको छैन। निर्माता कडेलका अनुसार फिल्मको नाम तथा अन्य विवरण उपयुक्त समयमा सार्वजनिक गरिनेछ। फिल्मको छायांकन आगामी मंसिरदेखि सुरु गर्ने तयारी भइरहेको छ।

फिल्मका लागि अन्य कलाकारको छनोटसँगै प्रि–प्रोडक्सनको काम पनि तीव्र गतिमा अघि बढिरहेको निर्माता कडेलले जानकारी दिएका छन्। फिल्मको कथा, विषयवस्तु तथा अन्य प्राविधिक पक्ष भने निर्माण पक्षले हाल गोप्य राखेको छ।

निर्देशक सुयोग गुरुङ, अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङले पनि सिनेमा आर्टको नयाँ फिल्ममा आफूहरू अनुबन्ध भएको पुष्टि गरेका छन्।

‘ए मेरो हजुर ५’पछि अनमोल केसी सिनेमा आर्टको नयाँ फिल्ममा व्यस्त हुनेछन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार