००:००:००
ट्रेन्डिङ
विजनेस

सेयर बजार दोहोरो अंकले बढेर बन्द

रङ्गमञ्च
रङ्गमञ्च
2 घण्टा अगाडि
55
सेयर बजार दोहोरो अंकले बढेर बन्द
सारांश

बिहीबार सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ ।

आज नेप्से परिसूचक १४.२१ अंकले बढेर २९५०।१६ को बिन्दुमा कायम भएको छ । आज विभिन्न सेक्टरका ३४...

बिहीबार सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ ।

आज नेप्से परिसूचक १४.२१ अंकले बढेर २९५०।१६ को बिन्दुमा कायम भएको छ । आज विभिन्न सेक्टरका ३४३ वटा कम्पनीहरुको तीन करोड चार लाख ३८ हजार कित्ता सेयर खरिद–बिक्री हुदाँ १३ अर्ब १६ करोडको सेयर कारोबार भएको छ ।

सेयर बजारमा आज हाइड्रोपावर र बैंकिङ इन्डेक्समा हरियाली छाएको छ । बिहीबार विकास बैंक र लाइफ इन्स्योरेन्स इन्डेक्समा गिरावट आएको छ ।

आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ९४ करोड २९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एसवाई प्यानलको ७१ करोड ९२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको ४६ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्स, सुपर खुदी र होटल फरेष्टका लगानकिर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सोलु हाइड्रो र भुजुङ हाइड्रोका लगानीकर्ताले ९।९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै पञ्चकन्या माई हाइड्रोपावरका लगानकिर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार