मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

‘सारथी’ मंसिर ११ गतेदेखि प्रदर्शनमा, निरुता सिंह आमाको भूमिकामा

रङ्गमञ्च
रङ्गमञ्च
2 दिन अगाडि
207
3.8K
‘सारथी’ मंसिर ११ गतेदेखि प्रदर्शनमा, निरुता सिंह आमाको भूमिकामा
सारांश
कुमार गजुरेलको निर्देशनमा बनेको नेपाली फिल्म ‘सारथी’ आगामी मंसिर ११ गते अर्थात् २७ नोभेम्बरदेखि प्रदर्शनमा आउने भएको छ ।

काठमाडौं । कुमार गजुरेलको निर्देशनमा बनेको नेपाली फिल्म ‘सारथी’ आगामी मंसिर ११ गते अर्थात् २७ नोभेम्बरदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले शुक्रबार फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।

सार्वजनिक पोस्टरमा अभिनेत्री निरुता सिंह काखमा बच्चा लिएर सुमसुमाइरहेको देखिन्छिन् । पोस्टरले फिल्ममा निरुता आमाको भूमिकामा रहेको संकेत गर्छ । पहाडी भूगोललाई पृष्ठभूमिमा राखिएको पोस्टरमा उनले गम्छाले टाउको बाँधेकी छन् भने रातो फरिया लगाएकी छन् । उनको अनुहारमा पीडाको भाव देखिन्छ र खुट्टाका औंलाबाट रगत बगेको दृश्यले पात्रको संघर्षपूर्ण जीवनलाई संकेत गरेको छ ।

निरुताले सामाजिक सञ्जालमार्फत पोस्टर सार्वजनिक गर्दै ‘सारथी’लाई आफ्नो करिअरको नयाँ अध्यायका रूपमा उल्लेख गरेकी छन् ।

किम्भे प्रोडक्सन र धिरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको फिल्ममा निरुता सिंहसँगै उत्तम प्रधान, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, कल्पना थापा, मदन थापा, सन्तोष ढकाल र आशा विश्वकर्मालगायत कलाकारको अभिनय रहेको छ ।

‘दर्पण छायाँ’को चर्चित जोडी निरुता सिंह र उत्तम प्रधानले करिब दुई दशकपछि ‘सारथी’मार्फत पुनः सहकार्य गरेका हुन् ।

सम्पादकको रूपमा परिचित तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता रदीप श्रेष्ठ र प्रदीप रायमाझी हुन् । बेक बहादुर विश्वकर्मा र नवीन श्रेष्ठ कार्यकारी निर्माता तथा अमीर केसी लाइन प्रोड्युसर छन् ।

फिल्मको छायांकन संकल्प भुजेलले गरेका हुन् भने बाबुल गिरी र प्रशान्त सिवाकोटीले गीतमा संगीत दिएका छन् । फिल्मले संघर्ष र पीडाबीचको पारिवारिक कथालाई प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ ।

‘सारथी’ मंसिर ११ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउनेछ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार