००:००:००
ट्रेन्डिङ
राजनीति

रविन्द्र मिश्रद्वारा राजनीतिबाट विदा लिएको घोषणा

रङ्गमञ्च
रङ्गमञ्च
3 घण्टा अगाडि
60
रविन्द्र मिश्रद्वारा राजनीतिबाट विदा लिएको घोषणा
सारांश
‘गत ९ वर्षको अभूतपूर्व रूपमा उतार–चढावपूर्ण मेरो राजनीतिक यात्राका क्रममा मैले मेरो विवेक र बुद्धिले भ्याएसम्म इमानदारिपूर्वक राजनीतिक र राष्ट्रिय रूपान्तरणका लागि प्रयास गरेँ। त्यो प्रयास अझै पर्याप्त देखिएको छैन । तर ‘देशभन्दा माथि स्वार्थ’लाई राखेर ‘व्यक्तिले पाउने, देशले नपाउने’ कुनै पनि काम कुनै हालतमा गर्ने छैन ।’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले दलीय राजनीतिबाट तत्कालका लागि विदा लिएको घोषणा गरेका छन् ।

शनिबार सामाजिक सञ्जालमा लेख्दै उनले दलीय राजनीतिबाट तत्कालका लागि विदा लिएको घोषणा गरेका हुन् । उनले देशभर राजसंस्था पुनस्र्थापनाको पक्षमा व्यापक जनमत हुँदाहुँदै पनि सो जनमतलाई सङ्गठित र पूँजीकृत गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी विविध कारणले बारम्बार विफल भएको बताएका छन् ।

विचारभन्दा माथि देश, देशका लागि नरेश, नवीन समझदारी र संरचनागत पुनरावलोकनको मार्गबिना बदलिँदो भूराजनीति र क्षयीकृत हुँदै गएको चौतर्फी आन्तरिक परिस्थितिका माझ भावी पुस्ताका लागि देश बचाउन र बनाउन सकिँदैन भन्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।

उनले लेखेका छन्, ‘मैले आज जे निर्णय लिँदैछु, त्यो कुनै निराशा, हताश वा हतारमा लिँदै छैन । धेरै सोचि विचारी लिँदैछु । देशभर राजसंस्था पुनस्र्थापनाको पक्षमा व्यापक जनमत हुँदाहुँदै पनि सो जनमतलाई सङ्गठित र पूँजीकृत गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी विविध कारणले बारम्बार विफल भएको छ, जसका लागि पार्टीको वरिष्ठ उपाध्यक्षको हैसियतले म पनि जिम्मेवार छु । विचारभन्दा माथि देश, देशका लागि नरेश, नवीन समझदारी र संरचनागत पुनरावलोकनको मार्गबिना बदलिँदो भूराजनीति र क्षयीकृत हुँदै गएको चौतर्फी आन्तरिक परिस्थितिका माझ भावी पुस्ताका लागि देश बचाउन र बनाउन सकिँदैन भन्नेमा म विश्वस्त छु ।’

मिश्रले आफ्नो राजनीतिक यात्राको मूल्याङ्कन गर्दै भने, ‘गत ९ वर्षको अभूतपूर्व रूपमा उतार–चढावपूर्ण मेरो राजनीतिक यात्राका क्रममा मैले मेरो विवेक र बुद्धिले भ्याएसम्म इमानदारिपूर्वक राजनीतिक र राष्ट्रिय रूपान्तरणका लागि प्रयास गरेँ। त्यो प्रयास अझै पर्याप्त देखिएको छैन । तर ‘देशभन्दा माथि स्वार्थ’लाई राखेर ‘व्यक्तिले पाउने, देशले नपाउने’ कुनै पनि काम कुनै हालतमा गर्ने छैन ।’

साथै उनले देश–विदेशमा रहेका नेपाली र पार्टीका साथीहरूको समर्थनप्रति आभार व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको आगामी यात्रामा सफलता र शुभकामना दिएका छन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार