००:००:००
ट्रेन्डिङ
राजनीति

रास्वपाका ३ नेताले त्यागे पार्टी, आशिर्बादबाट टिकट वितरण गरेको आरोप

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ फेब्रुअरी २१
52
रास्वपाका ३ नेताले त्यागे पार्टी, आशिर्बादबाट टिकट वितरण गरेको आरोप
सारांश

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तीन नेताले पार्टी परित्याग गरेका छन् । नुवाकोटका नेता अशोककुमार थापा, बर्दघाट नगरपालिकाका नेता ज...

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तीन नेताले पार्टी परित्याग गरेका छन् । नुवाकोटका नेता अशोककुमार थापा, बर्दघाट नगरपालिकाका नेता जीतबहादुर हरिजन र धनगढी उपमहानगरपालिकाका संस्थापक नगर सभापति ईश्वरी बिष्टलेले पार्टी परित्याग गरेका हुन् ।

नुवाकोटका नेता अशोककुमार थापाले फेसबुकमार्फत् राष्ट्रिय स्वतन्त्र पार्टी बिचार र सिद्धान्तबाट च्यूत हुँदै गइरहेको र नेतृत्व नीतिबाट नभई आशिर्बादबाट चयन हुन थालेकाले पार्टी परित्याग गरेको बताएका छन् । रातदिन संगठन निर्माणमा क्रियाशीलहरुलाई पाखा लगाउन एउटा तत्का क्रियाशील रहेको र पार्टी पूर्णरुपमा अलोकतान्त्रिक हुन थालेको अवस्थामा पार्टीमा बस्नुको औचित्य नरहेको थापाले लेखेका छन् ।

फागुन २१ गते हुने आम निर्वाचनमा नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट प्रवेश गरेका बिक्रम खनाललाई राष्ट्रिय स्वतन्त्र पार्टीले टिकट दिएपछि असन्तुष्ट बनेका हरिजनले पार्टी छोड्ने निर्णय लिएका हुन् । यस्तै रास्वपाका धनगढी उपमहानगरपालिकाका संस्थापक नगर सभापति ईश्वरी बिष्टले पनि पार्टी परित्यागको घोषणा गरेका छन् ।

२०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा कैलाली–५ बाट प्रत्यक्ष उम्मेदवार समेत बनेका बिष्टले पार्टी परित्याग गर्दै साधारण सदस्यबाट समेत नरहने गरी राजिनामा दिएका छन् ।

पार्टीको केन्द्रीय कार्यालय, काठमाडौंलाई सम्बोधन गर्दै राजिनामा पत्र बुझाएको बिष्टले बताएका छन् । उनी २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा कैलाली–५ बाट उम्मेदवार बनेर सुदूरपश्चिम प्रदेशमै रास्वपाको दोस्रो बढी मत प्राप्त गर्ने उम्मेदवार थिए ।

उनले रास्वपाले ल्याएको युवा राजनीतिमा र जान्नेलाई छान्ने, नातावाद–आशीर्वाद र आर्थिक प्रभावभन्दा माथि उठेर प्राइमरीबाट उम्मेदवार छनोट गर्ने मूल आदर्शबाट प्रेरित भएर पार्टीमा आवद्ध भएको उल्लेख बताएका छन् तर पछिल्लो समय पार्टीले अवलम्बन गरेको पद्धति, निर्णय प्रक्रिया र कार्यशैली स्थापना कालीन मूल्य, विधान र सार्वजनिक प्रतिबद्धताभन्दा विपरीत गएको अनुभूति रहेको उनी बताउँछन् ।

संगठनमा समर्पित नेता कार्यकर्ताको उचित मूल्यांकन नभएको, पार्टीमा विधि–विधान विपरीत गतिविधि बढेको र निर्णय प्रक्रियामा पारदर्शिता कमजोर बन्दै गएको अवस्थाले आफ्नो आत्मसम्मान र राजनीतिक मूल्यमाथि प्रश्न खडा गरेको बिष्टको भनाइ छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी बर्दघाट नगरपालिकाका नेता जीतबहादुर हरिजनले पार्टीबाट राजीनामा दिएका छन् ।

फागुन २१ गते हुने आम निर्वाचनमा नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट प्रवेश गरेका बिक्रम खनाललाई राष्ट्रिय स्वतन्त्र पार्टीले टिकट दिएपछि असन्तुष्ट बनेका हरिजनले पार्टी छोड्ने निर्णय लिएका हुन् ।

राजीनामामा उनले विभिन्न कारण उल्लेख गरे पनि उनी निकट पार्टी नेताहरूका अनुसार कांग्रेसबाट चुनावको मुखमा पार्टी प्रवेश गरेका खनाललाई टिकट दिँदा नवलपरासीको समग्र रास्वपा पार्टी पंक्तिले पार्टी निर्माणमा गरेको योगदानको अवमूल्यन भएको, पार्टी नेतृत्वले भन्ने एकथरी र व्यबहार ठीक उल्टो भएको महसुस गरेर राजीनामा दिएको हरिजनले बताए ।

२०७९ सालको निर्वाचनमा यस क्षेत्रबाट रास्वपाको तर्फबाट महेन्द्र सेन ठकुरीले प्रतिस्पर्धा गरेका थिए । संगठन कमजोर र कठिन अवस्थामा रहेको समयमा चुनाव लड्दै नवलपरासीमा पार्टी विस्तार गर्न मुख्य भूमिका खेलेका आधारमा यसपटक पनि ठकुरीलाई नै टिकट दिनुपर्ने मान्यता स्थानीय पार्टी पंक्तिमा रहेकोमा खनाललाई टिकट दिए पछि रास्वपामा असन्तुष्टि छ ।

पार्टी छाडेका हरिजन बर्दघाट १३ का सभापति हुन् ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार