००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

फिल्म ‘लालीबजार’ विवाद : चलचित्र जाँच समितिले गरेकाे निर्णयको फाइल झिकाउने आदेश

रङ्गमञ्च
रङ्गमञ्च
4 दिन अगाडि
41
1.0K
फिल्म ‘लालीबजार’ विवाद : चलचित्र जाँच समितिले गरेकाे निर्णयको फाइल झिकाउने आदेश
सारांश
उच्च अदालत पाटनले फिल्म ‘लालीबजार’ प्रदर्शनमा रोक विरूद्ध दायर रिटमा चलचित्र जाँच समितिबाट अनुमति दिने गरी भएको निर्णयको फाइल झिकाउने आदेश दिएको छ।

काठमाडौँ । उच्च अदालत पाटनले फिल्म ‘लालीबजार’ प्रदर्शनमा रोक विरूद्ध दायर रिटमा चलचित्र जाँच समितिबाट अनुमति दिने गरी भएको निर्णयको फाइल झिकाउने आदेश दिएको छ।

मङ्गलबार न्यायाधीशद्धय गीताप्रसाद तिम्सिना र दीपक खनालको संयुक्त इजलासले चलचित्र जाँच समितिबाट कागज झिकाउँदै छलफलका लागि वैशाख २३ गते पेसी तोकेको छ।

अदालतले १५ वैशाखमा तत्कालको लागि प्रदर्शन रोक्न आदेश दिएको थियो । अदालतले वादी र प्रतिवादी दुवै पक्षलाई छलफलको लागि बोलाएको थियो।

रोशनी नेपाली वादीले फिल्मका केही दृश्य र संवादमा आपत्ति जनाउँदै रिट दायर गरेकी थिइन् । मुद्दामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय समेतलाई विपक्षी बनाइएको छ ।

१८ वैशाखदेखि प्रदर्शनको तयारीमा रहेको यम थापा निर्देशित फिल्म अदालतको आदेशले रोकिएको थियो।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार