००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

मेदान्त आयुर्वेद अस्पतालको ब्रान्ड एम्बास्डरमा अभिनेत्री रेखा थापा

रङ्गमञ्च
रङ्गमञ्च
1 घण्टा अगाडि
28
1.0K
मेदान्त आयुर्वेद अस्पतालको ब्रान्ड एम्बास्डरमा अभिनेत्री रेखा थापा
सारांश
नेपाली चलचित्र क्षेत्रकी प्रख्यात अभिनेत्री रेखा थापा मेदान्त आयुर्वेद अस्पतालको ब्रान्ड एम्बास्डरमा अनुबन्धित भएकी छन् ।

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रकी प्रख्यात अभिनेत्री रेखा थापा मेदान्त आयुर्वेद अस्पतालको ब्रान्ड एम्बास्डरमा अनुबन्धित भएकी छन् ।
अस्पताल र अभिनेत्री थापाबीच आगामी एक वर्षका लागि यो व्यवसायिक सम्झौता भएको हो । शुक्रबार नायिका रेखा थापा र मेदान्त आयुर्वेद अस्पतालका संचालक डाक्टर सुवर्ण पौडेलले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

नयाँ सहकार्यसँगै अबको एक वर्षसम्म अभिनेत्री थापाले अस्पतालका विभिन्न प्रचार–प्रसार, प्रवद्र्धनात्मक गतिविधि र स्वास्थ्य सचेतना अभियानहरूमा सक्रिय रूपमा आफ्नो साथ र सहभागिता जनाउनेछिन् ।

सम्झौता पत्रमा हस्ताक्षर गरेपछि आफ्नो खुसी व्यक्त गर्दै अभिनेत्री रेखा थापाले मेदान्त आयुर्वेद अस्पतालले नागरिकलाई पु¥याउँदै आएको सेवा र उपचार पद्धति अत्यन्तै प्रशंसनीय र मन छुने भएकाले आफू यस संस्थाको ब्रान्ड एम्बास्डर बन्न तयार भएको बताएकी छन् ।

खासगरी परम्परागत र प्राकृतिक चिकित्सा पद्धतिलाई सर्वसुलभ रूपमा जनमानसमा लैजाने अस्पतालको उद्देश्यलाई सघाउन पाउनु आफ्ना लागि गौरवको विषय भएको उनको भनाइ थियो । थापाले आयुर्वेद स्वास्थ्य क्षेत्रको प्रवद्र्धनमा दत्तचित्त भएर लाग्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

विगत लामो समयदेखि सर्वसाधारणलाई सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा दिँदै आएको मेदान्त आयुर्वेद अस्पतालले मात्र एक सय रुपैयाँमा ओपिडी सेवा उपलब्ध गराउँदै आएको अस्पतालका संचालक डाक्टर सुवर्ण पौडेलले जानकारी दिएका छन् । विपन्न तथा सर्वसाधारण नागरिकले पनि सहजै उपचार पाउन सकून् भन्ने उद्देश्यले अस्पतालले यस्तो सहुलियत दर निर्धारण गरेको उनको भनाइ छ ।

प्रतिष्ठित अभिनेत्री रेखा थापा जस्तो जनप्रिय व्यक्तित्वसँगको सहकार्यले अस्पतालको सेवा प्रवाह र विश्वसनीयतालाई आम नागरिकमाझ थप व्यापक बनाउन ठूलो टेवा पुग्ने विश्वास डाक्टर पौडेलले व्यक्त गरेका छन् ।

साझेदारीले आगामी दिनमा अस्पतालको ब्रान्ड भ्यालु बढाउनुका साथै धेरै भन्दा धेरै बिरामीलाई आयुर्वेदिक उपचार तर्फ आकर्षित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा अस्पताल प्रशासनले राखेको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार