००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

‘लालीबजार’ को गीतमा स्वस्तिमालाई बाल कलाकारको टक्कर

रङ्गमञ्च
रङ्गमञ्च
4 घण्टा अगाडि
101
‘लालीबजार’ को गीतमा स्वस्तिमालाई बाल कलाकारको टक्कर
सारांश
गीत सार्वजनिक कार्यक्रममा स्वस्तिामा र समाइराले नृत्य प्रस्तुत गरेका थिए ।

काठमाडौँ । षट्कोण आर्टसले निर्माण गरेको फिल्म ‘लालीबजार’ को पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ सार्वजनिक गरिएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको उक्त गीतमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, बालकलाकार समाइरा थापा, मुकुन्दश्रेष्ठ तथा डेब्यु कलाकार विशाल देवकोटा फिचर्ड छन् ।

प्रदीप लामाको कोरियोग्राफी रहेको गीतमा स्वस्तिमा र समाइराको नृत्य मुख्य आकर्षण बनेको छ । गीत सार्वजनिक कार्यक्रममा स्वस्तिामा र समाइराले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा स्वस्तिमासँगै कोरियोग्राफर प्रदीप लामाले सुटिङका अनुभव साझा गरेका थिए ।

गीतमा दीपिका बयाम्बु मगर र खेम सेन्चुरीको स्वर रहेको छ । साथै, सङ्गीत खेम सेन्चुरीकै रहेको छ भने शब्द रमेश बिजीले लेखेका हुन् । गायिक ादीपिकाले यसअघि गाएको ‘कश्मिरे पछ्यौरी दार्जलिङको रेल’गीत दर्शक माझ निकै लोकप्रिय बनेको थियो । चलचित्र यम थापाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र वैशाख १८ मा प्रदर्शन हुँदैछ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार