००:००:००
ट्रेन्डिङ
राजनीति

कांग्रेसले मुस्ताङबाट खाता खोल्यो

रङ्गमञ्च
रङ्गमञ्च
3 घण्टा अगाडि
58
कांग्रेसले मुस्ताङबाट खाता खोल्यो
सारांश
योगेश थासाङ गाउँपालिका लेतेका बासिन्दा हुन्।

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट खाता खोलेको छ । कांग्रेसका योगेश गौचनले एमालेका इन्द्र धारा विष्टलाई हराएर जित निकालेका हुन् ।

उनी अघिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि विजयी भएका थिए । नेपाली कांग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीका छोरा समेत रहेका उनले १ हजार ५ सय १ अन्तरले जित निकालेका हुन् ।

गौचनले ३ हजार ३ सय ७ मत ल्याउँदा निकटतम प्रतिश्पर्धी विष्टले १ हजार ८ सय ६ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका अद्वितीय चन्द्र थकालीले ७ सय ५९ मत पाउँदा अरु दल निकै कम अंकमा समेटिए । मुस्ताङबाट शेरचनले ०७९ को निर्वाचनमा पनि जितेका थिए । ०७९ मा योगेशले ३९९६ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रेम प्रसाद तुलाचनले ३ हजार ७८ मत ल्याएका थिए ।

योगेश थासाङ गाउँपालिका लेतेका बासिन्दा हुन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार