मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

‘झिँगेदाउ २’को तीज गीतमा केकी र आँचलको रोचक जुहारी

रङ्गमञ्च
रङ्गमञ्च
1 घण्टा अगाडि
1
520
‘झिँगेदाउ २’को तीज गीतमा केकी र आँचलको रोचक जुहारी
सारांश
‘झिँगेदाउ २’को तीज गीतमा केकी र आँचलको रोचक जुहारी ‘झिँगेदाउ २’को तीज गीतमा केकी–आँचलको घम्साघम्सी

‘झिँगेदाउ २’को तीज गीतमा केकी र आँचलको रोचक जुहारी

‘झिँगेदाउ २’को तीज गीतमा केकी–आँचलको घम्साघम्सी

काठमाडौं । संविधान दिवसको अवसर पारेर असोज २ गते (१८ सेप्टेम्बर)देखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘झिँगेदाउ २’को तीज गीत सार्वजनिक गरिएको छ । ‘धागो छिन्यो चर्खाको’ बोलको गीतमा चलचित्रका मुख्य अभिनेत्री केकी अधिकारी र आँचल शर्माको रोचक घम्साघम्सी देखाइएको छ ।

एलिना चौहान र रचना रिमालको स्वर रहेको गीतमा बाबुल गिरीको शब्द तथा संगीत छ । तीजको परिवेशमा तयार पारिएको गीतको भिडियोमा केकी र आँचल जेठानी–देउरानीको भूमिकामा प्रस्तुत भएका छन् । उनीहरूबीचको घोचपेच, जुहारी र नृत्यलाई भिडियोमा आकर्षक ढंगले प्रस्तुत गरिएको छ ।

गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । गीतले यस वर्षको तीजमा दर्शकको ध्यान खिच्ने अपेक्षा निर्माण पक्षले गरेको छ ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको ‘झिँगेदाउ २’मा केकी र आँचलसँगै महेश त्रिपाठी, कुशल विष्ट, हिउँवाला गौतम, आर्यन सिग्देल, बसुन्धरा भुषाल, चैत्यदेवी, सरोज खनाल, संगम भण्डारी, अयभराज बराल, अंशु महर्जन र विजय देउजालगायत कलाकारको अभिनय छ ।

२०७९ सालमा प्रदर्शनमा आएको ‘झिँगेदाउ’को सिक्वेलका रूपमा निर्माण गरिएको फिल्ममा सुलभ प्रतीक देउजा र समीक्षा देउजाको लगानी रहेको छ । पटकथा तथा संवाद परिच्छेद सेनले लेखेका हुन् भने कथा गोविन्द फुयाल र शिशिर चालिसेको हो ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार