मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

‘जदौ’को टिजर सार्वजनिक, प्रेमसँगै पारिवारिक द्वन्द्वको कथा

रङ्गमञ्च
रङ्गमञ्च
1 दिन अगाडि
7
640
‘जदौ’को टिजर सार्वजनिक, प्रेमसँगै पारिवारिक द्वन्द्वको कथा
सारांश
आगामी असोज ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जदौ’को टिजर सार्वजनिक गरिएको छ ।

काठमाडौं । आगामी असोज ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जदौ’को टिजर सार्वजनिक गरिएको छ । शनिबार युट्युबमार्फत सार्वजनिक गरिएको झन्डै एक मिनेट लामो टिजरले फिल्मको कथावस्तुबारे संकेत गरेको छ ।

दुई पुस्ताको सम्बन्धलाई केन्द्रमा राखिएको टिजरमा त्रिकोणात्मक प्रेम, अन्तरजातीय प्रेम तथा श्रीमान्–श्रीमतीबीचको पारिवारिक द्वन्द्वलाई प्रस्तुत गरिएको छ । टिजरको सुरुवात प्रभातपाल ठकुरीको ‘भ्वाइस ओभर’सँगै हुन्छ, जहाँ उनी नीति शाहसँग रोमान्टिक देखिएका छन् । त्यसपछि राजश्री थापा कसैको यादमा डुबिरहेकी देखिन्छिन् ।

टिजरको अन्तिम दृश्यमा भने मुकुन भुसाल आक्रोशित हुँदै ऋचा शर्माको घाँटी अठ्याइरहेको देखिन्छ । यी दृश्यले फिल्म प्रेम, सम्बन्ध र पारिवारिक द्वन्द्वको कथामा आधारित रहेको संकेत गर्छ ।

अन्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको फिल्ममा प्रभातपाल ठकुरी, नीति शाह, राजश्री थापा, मुकुन भुसाल र ऋचा शर्मासहित विनोद न्यौपाने, नरेश पौड्याल, खड्गबहादुर पुन मगर, सुन्दर धिताल, गीता अधिकारी, सन्ध्या श्रेष्ठ, सुमित्रा देवकोटा, रोहित कार्की र स्वस्तिका चौधरीलगायतका कलाकारको अभिनय छ ।

फिल्मको कथा, पटकथा तथा संवाद निर्देशक काजी लिम्बूले तयार पारेका हुन् । सृजना शर्मा, मनिष शर्मा र डिल्लीराज पोखरेल निर्माता रहेको फिल्ममा श्याम तामाङ र नवराज उप्रेतीको छायांकन, बनिष शाहको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी तथा मिलन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ ।

त्यस्तै, मनोज चौलागाईंको पार्श्व संगीत तथा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहेको फिल्म अन्तरजातीय प्रेमकथामा आधारित रहेको निर्माण पक्षले जनाएको छ । फिल्म असोज ९ गतेदेखि नेपालका हलमा प्रदर्शनमा आउनेछ ।

JADAU | Official Movie Teaser |
साझा गर्नुहोस्:

सम्बन्धित समाचार