००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

हलमा लाग्यो ‘लालिमा’, टिकट काट्दा २ सय रुपैयाँसम्म क्यासब्याक

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ मार्च १३
143
360
हलमा लाग्यो ‘लालिमा’, टिकट काट्दा २ सय रुपैयाँसम्म क्यासब्याक
सारांश
खल्ती एपबाट फिल्मको टिकट खरिद गर्ने दर्शकले २ सय रुपैयाँसम्म क्यासब्याक पाउने जनाइएको छ ।

संसदीय निर्वाचन सकिएसँगै हलमा नयाँ फिल्म रिलिज हुने क्रम सुरु भएको यसको सुरुवात फिल्मलालिमाबाट भएको यो फिल्म शुक्रबारबाट प्रदर्शनमा आएको हो तीन हजारभन्दा बढी यौनकर्मी महिलाको अनुभवमा आधारित यस फिल्मले देशभर ६० भन्दा बढी शो पाएको तर, फिल्मको टिकट बुकिङ भने अपेक्षित देखिएको छैन

एकल रिलिजको दुर्लभ अवसर पाएको यो फिल्मले दर्शकलाई आकर्षित गर्न एउटा अफर समेत ल्याएको खल्ती एपबाट फिल्मको टिकट खरिद गर्ने दर्शकले सय रुपैयाँसम्म क्यासब्याक पाउने जनाइएको यो अफरले फिल्मको व्यापारमा सकारात्मक प्रभाव पार्ने विश्वास निर्माण टिमको तर, यसअघि यस्ता अफर असफल भएका धेरै उदाहरण छन्

यस फिल्ममा रोशनी कार्की मुख्य भूमिकामा छिन् उनले यौनकर्मीको भूमिका निभाएकी छन् उनले यो भूमिका निभाउन १० जना यौनकर्मीसँग भेट समेत गरेकी थिइन् उनीसहित फिल्ममा शिशिर वाङ्देल, जीवन भट्टराई, उषा रजक, घनश्याम जोशी, सुष्मा निरौला, सबिन कट्टेल लगायतका कलाकारहरूको पनि अभिनय रहेको

रोशन मिराजको लेखन तथा निर्देशन रहेको फिल्मलाई फेथ आस्था एम्पिफाई चेन्जले निर्माण गरेका हुन् कार्यकारी निर्मातामा रीना लामा छिन् यसमा रोविन शर्मा दाहालको छायांकन तथा गौतम राज खड्काको सम्पादन बोल्न नसक्ने आमा एक घटनाले कारागार पुगेपछि उनलाई छुटाउन छोरीले गर्ने संघर्षको कथामा फिल्म आधारित रहेको जनाइएको

साझा गर्नुहोस्:

सम्बन्धित समाचार