००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

‘एक मुठ्ठी बादल’ ट्रेलर , दर्शकलाई परिवार चिनाउँदै आँचल

रङ्गमञ्च
रङ्गमञ्च
23 घण्टा अगाडि
6
320
‘एक मुठ्ठी बादल’ ट्रेलर , दर्शकलाई परिवार चिनाउँदै आँचल
सारांश
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति समेत रहेकी निशा करिब तीन दशकपछि यही सिनेमामार्फत अभिनयमा फर्किएकी हुन् ।

आगामी जेठ १ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘एक मुठ्ठी बादल’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच अभिनेत्री आँचल शर्माको शीर्ष भूमिका रहेको सिनेमाको ट्रेलरले कथावस्तु, चरित्र चित्रण र केन्द्रीय द्वन्द्वबारे प्रकाश पार्छ ।

सिनेमाको २ मिनेट लामो ट्रेलरमा लेखक तथा निर्देशक सहारा शर्माले विवाह र सम्बन्धको कथा प्रस्तुत गरेकी छिन् । ट्रेलरले विवाहको समयमा युवतीहरुको अन्तरमनमा चल्ने दुविधालाई प्रस्तुत गरेको छ । यसबीच, परिवारभित्र आउने सम्बन्ध र अपेक्षाको उतारचढावले ट्रेलरलाई रोचक बनाएको छ ।

सिनेमामा आँचलसहित निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति समेत रहेकी निशा करिब तीन दशकपछि यही सिनेमामार्फत अभिनयमा फर्किएकी हुन् ।

गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सनले निर्माण गरेको सिनेमामा अभिमन्यु दीक्षित निर्माता तथा निकुन श्रेष्ठ कार्यकारी निर्मातामा छन् । निर्माण टोलीमा जर्मनका सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल पनि रहेका छन् । थाइल्यान्डको ह्वाइट लाइटले कलर ग्रेडिङ गरेको सिनेमामा भियतनामकी लिन्ह डान गुयेन फानको छायांकन तथा भारतकी दीपा भाटियाको सम्पादन रहेको छ । कार्यक्रममा बोल्दै निर्देशक सहारा शर्माले चलचित्रको पर्दा अगाडि र पछाडि अधिकांश महिलाले काम गरेको भए पनि यो महिलाको चलचित्र मात्र नभएको जानकारी गराएकी थिइन् ।

चलचित्र जेठ १ मा प्रदर्शनमा आउँदैछ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार