००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’मा लोकप्रिय कमेडियन प्रभात लामा

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ जुलाई ९
21
920
चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’मा लोकप्रिय कमेडियन प्रभात लामा
सारांश
रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नेपाली चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ मा लोकप्रिय कमेडियन प्रभात लामा मुख्य भूमिकाका लागि अनुबन्धित भएका छन्।

काठमाडौं । रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नेपाली चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ मा लोकप्रिय कमेडियन प्रभात लामा मुख्य भूमिकाका लागि अनुबन्धित भएका छन्।

टेलिभिजन, डिजिटल प्लेटफर्म तथा विभिन्न मञ्चमार्फत लाखौँ दर्शकलाई आफ्नो कमेडी प्रस्तुत गर्दै लोकप्रियता हासिल गरेका प्रभात लामा यस चलचित्रमार्फत पहिलो पटक नायकको भूमिकामा देखिन लागेका हुन्। उनको अभिनयले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्ने विश्वास निर्माण टिमले लिएको छ।

फिल्ममा अनुबन्धित भएपछि प्रभातले चलचित्र अभिनयलाई लिएर निकै उत्साहित रहेको बताएका छन्। अमरदीप सापकोटाको लेखन तथा निर्देशनमा बन्ने यस चलचित्रको छायाङ्कन यही सातादेखि सुरु हुने तयारी गरिएको छ। चलचित्रका निर्माता रघुनाथ सापकोटा हुन्।

निर्माता सापकोटाका अनुसार चलचित्रमा नेपाली मनोरञ्जन क्षेत्रका अन्य चर्चित तथा लोकप्रिय कलाकारहरूको पनि सशक्त उपस्थिति रहनेछ। चलचित्रमा चर्चित गायक पशुपति शर्माका गीत समावेश हुनेछन् भने छायाङ्कनको जिम्मेवारी सिनेमाटोग्राफर संकल भुजेलले सम्हाल्नेछन्।

यसअघि नै चलचित्रका लागि चर्चित गायक पशुपति शर्मा, गायिका अन्जु पन्तकी छोरी परितोषिका पन्त तथा कलाकार समिया कार्की मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन्।

पूर्ण मनोरञ्जनात्मक कमेडी जनरामा निर्माण हुन लागेको ‘तीन तीघ्रे क्या बिग्रे’ दर्शकलाई हाँसो, मनोरञ्जन र नयाँ स्वाद प्रदान गर्ने उद्देश्यका साथ निर्माण गर्न लागिएको निर्देशक अमरदीप सापकोटाले बताएका छन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार