००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

चलचित्र पहाडको गीत सार्वजनिक कार्यक्रममा जे देखियो (फोटोफिचर)

योगेन्द्र नगरकोटी
२०२६ मार्च २३
112
400
चलचित्र पहाडको गीत सार्वजनिक कार्यक्रममा जे देखियो (फोटोफिचर)
सारांश
चलचित्र पहाडको चर्चा चुलिएको छ। वरिष्ठ निर्देशक तुलसी घिमिरेद्वारा निर्देशित उक्त फिल्मलाई आगामी नयाँ वर्षको अवसर पारेर प्रदर्शन गर्ने त...

काठमाडौं । चलचित्र पहाडको चर्चा चुलिएको छ। वरिष्ठ निर्देशक तुलसी घिमिरेद्वारा निर्देशित उक्त फिल्मलाई आगामी नयाँ वर्षको अवसर पारेर प्रदर्शन गर्ने तयारी गरिएको निर्माण पक्षले जनाएको छ।

फिल्मको टिजर तथा “मोहनी लगाउने” बोलको गीत सार्वजनिक भइसकेको छ, जसले ग्रामीण परिवेश, संस्कृति र पहाडी जीवनशैलीलाई झल्काउने प्रयास गरेको छ। सार्वजनिक सामग्रीले दर्शकमाझ सकारात्मक प्रतिक्रिया पाउन थालेको छ।

यस चलचित्रले विशेषगरी रोजगारीका लागि विदेशिने युवाका कारण गाउँघर रित्तिँदै गएको अवस्था तथा त्यसले समाजमा पारेको प्रभावलाई मुख्य विषयवस्तु बनाएको छ। निर्देशक घिमिरेका अनुसार फिल्मले “पहाडको वास्तविक पीडा र यथार्थ” प्रस्तुत गर्ने लक्ष्य राखेको छ।

कलाकारहरूको सूचीमा विपिन कार्की, मदनकृष्ण श्रेष्ठ, सुनिल थापा, शिव श्रेष्ठ र रवीन्द्रसिंह बानियाँ लगायत रहेका छन्।

नेपालका विभिन्न पहाडी क्षेत्रमा छायांकन गरिएको यस चलचित्रले दर्शकलाई आफ्नो माटो, गाउँ र संस्कृतिसँग भावनात्मक रूपमा जोड्ने अपेक्षा गरिएको छ।

तस्वीर : योगेन्द्र नगरकोटी

Article image
Article image
Article image
Article image
Article image
Article image
Article image
Article image
Article image
Article image
साझा गर्नुहोस्:

सम्बन्धित समाचार