मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

बाढीपीडितको सहयोगका लागि ‘तिनीहरू : एलिफेन्ट इन द फग’को विशेष प्रदर्शनी

रङ्गमञ्च
रङ्गमञ्च
3 घण्टा अगाडि
5
600
बाढीपीडितको सहयोगका लागि ‘तिनीहरू : एलिफेन्ट इन द फग’को विशेष प्रदर्शनी
सारांश
भदौ १७ गते बुधबार काठमाडौंको सुन्धारास्थित क्युएफएक्स सिभिल मलमा हुने भएको हो। उक्त विशेष प्रदर्शनीबाट प्राप्त सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने फिल्मको टिमले जनाएको छ।

काठमाडौं । अविनाश विक्रम शाहको निर्देशनमा बनेको चलचित्र ‘तिनीहरू : एलिफेन्ट इन द फग’ ले बाढीपीडितको सहयोगका लागि विशेष प्रदर्शनी गर्ने भएको छ।

फिल्मको विशेष प्रदर्शनी भदौ १७ गते बुधबार काठमाडौंको सुन्धारास्थित क्युएफएक्स सिभिल मलमा हुने भएको हो। उक्त विशेष प्रदर्शनीबाट प्राप्त सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने फिल्मको टिमले जनाएको छ।

बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यस अभियानमा सबैको साथ र सद्भावको अपेक्षा फिल्मको टिमले गरेको छ।

अन्तर्राष्ट्रिय मञ्चमा ऐतिहासिक सफलता हासिल गरेको यो फिल्म कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा विश्व प्रिमियर भएको थियो। फिल्मले उक्त विधामा जुरी अवार्ड जित्दै कान्समा पुरस्कार जित्ने पहिलो नेपाली फिचर फिल्मको इतिहाससमेत रचेको थियो।

फिल्ममा पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, आकांक्षा कार्की, माओत्से गुरुङलगायत कलाकारको अभिनय रहेको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार